काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियाविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ । पहिले ब्याटिङ गरेर मलेसयालाई २५३ रनको विजयी लक्ष्य दिएको नेपालले शुरूआतमै तीन विकेट झारेको हो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रनको योगफल बनाएको थियो । नेपालले दिएको विशाल जितको लक्ष्य पछ्याएको मलेसियाले शुरूआतमै तीन विकेट गुमाएको छ ।
मलेसियाको पाँच ओभरको खेल सकिँदासम्म मात्र ८ रन बनाउँदा तीन विकेटको क्षति भइसकेको छ । नेपालका लागि अभिषेक तिवारीले तीन विकेट दिलाएका हुन् ।