logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • मलेसियामाथि सानदान जित दर्ज गर्दै एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

    मलेसियामाथि सानदान जित दर्ज गर्दै एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

    1.6K
    Shares
    मलेसियामाथि सानदान जित दर्ज गर्दै एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

    काठमाडौं । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि उचालेको छ ।

    आज मंगलबार भएको फाइनलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले घरेलु टोली मलेसियालाई २२१ रनको विशाल अन्तरले पराजित गरेको हो।

    एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो र नेपालले २०१७ र २०१९ मा निरन्तर उपाधि हात पारेको थियो ।

    नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ‌ओभरमा मात्र ३१ रन बनाएर सबै विकेट गुमायो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंकको रन बनाउनै सकेनन् । मलेसयाका ५ जना ब्याटरले खाता समेत खोल्न सकेनन् ।

    नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट दिलाए। ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र खर्चिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नरेन भट्टको शतकीय पारीमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रनको चुनौतीपूर्ण योगफल तय गरेको थियो ।

    नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान दिए । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।

    नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन जोडे। नेपालले २६ रन अतिरिक्त प्राप्त गर्यो ।

    मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक/एक विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend