logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य

    आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य

    1.4K
    Shares
    आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले २६९ रनको विजयी लक्ष्य दिएको छ ।

    हरारेको ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन जोडेको हो ।

    नेपाललाई सम्मानजनक अवस्थामा ल्याउन आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरे ।

    ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले । योसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक पूरा गरेका हुन् ।

    सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनको योगदान दिए ।

    ओपनर ब्याटर अर्जुन साउदले ४८ रनको योगफल तय गर्न ४ बल खेल्दै ३ चौका र २ छक्काको सहायता लिए ।

    अर्का ओपनर कुशल भुर्तेल क्रेग योङ्गको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए ।

    ज्ञानेन्द्र मल्ल ७ रन क्याच भए । त्यसपछि आएका कप्तान रोहित पौडेलले ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २९ रन बनाउँदै विकेटकिपरको हातबाट क्याच भए ।

    भीम सार्कीले २०, कुशल मल्लले ३ बल खेल्दै ५ चौका र २ छक्का सहित ४४ रन बनाए ।

    सातौं स्थानको सेमिफाइनल खेलमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी खाता नै नखोली एन्डी म्याकब्राइनको बलमा एलबीडब्ल्यू आउट हुन पुगे ।

    करण केसी ३ बलमा १ चौका सहित ४ रनमै क्याच आउट भए । अन्तिम ब्याटरको रुपमा आएका किशोर महतो १ रनमा अविजित रहे ।

    आयरल्यान्डका लागि ब्यारी म्याकार्थी, क्रेग गोङ्गे, मार्क एडरले समान २/२ विकेट लिए । ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १/१ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend