logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अनुदानको ४० प्रतिशत रकम तत्काल पाउने भएपछि स्थानीय तहको आन्दोलन फिर्ता

    अनुदानको ४० प्रतिशत रकम तत्काल पाउने भएपछि स्थानीय तहको आन्दोलन फिर्ता

    777
    Shares
    अनुदानको ४० प्रतिशत रकम तत्काल पाउने भएपछि स्थानीय तहको आन्दोलन फिर्ता

    काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सबै संघर्षका कार्यक्रम फिर्ता लिएका छन् ।

    केन्द्र सरकारले स्थानीय तहलाई चालू आर्थिक वर्ष २०७९/०८० मा समानीकरण अनुदानमध्ये अन्तिम किस्ताको ४० प्रतिशत रकम तत्काल पठाउने निर्णय गरेसँगै आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको हो ।

    संघले चालु आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहमा पठाउनु पर्ने वित्तीय समानीकरण अनुदान मध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको आपत्ति जनाउँदै आन्दोलनमा उत्रिने बताएको थियो ।

    संघका अध्यक्ष भीम ढुंगाना र महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिने जनाएका हुन् । उक्त विज्ञप्तिमा भनिएको छ, ‘समानीकरण अनुदानको बाँकी रकम निकासाका लागि यसअघि संघ र महासंघले तय गरेका आन्दोलनका सबै कार्यक्रमहरु हाललाई स्थगित गरिएको व्यहोरा अवगत गराउँछौं,’

    सरकारले अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विरोधमा स्थानीय तहका जनप्रतिनिधिहरूले सिंहदरबार घेराउ गर्ने लगायतका संघर्षका कार्यक्रमको घोषणा गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend