logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोशीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी

    कोशीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी

    1.7K
    Shares
    कोशीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले द तथा गोपनीयताको शपथ खाएका छन् ।

    माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले मन्त्री पदको शपथ खाएका हुन् ।

    मुख्यमन्त्री उद्धव थापाले उनीहरू तीनै जनालाई आजै मन्त्री नियुक्त गरेका थिए ।

    आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी तोकिएको छ । अरु भने विनाविभागीय रहेका छन् ।

    बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ लिएका थिए। त्यसै दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक(एक जनालाई मन्त्री बनाइए पनि माओवादी केन्द्र सामेल भएको थिएन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend