logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • अस्ट्रेलियामा धाराको पानी सिधै पिउँदा हुने असरलाई रोक्न ‘इन्क्रेडिबली प्यूर’ ले ल्यायो सस्तोमा उच्च प्रबिधियुक्त पानी शुद्धीकरण गर्ने मेसिन

    अस्ट्रेलियामा धाराको पानी सिधै पिउँदा हुने असरलाई रोक्न ‘इन्क्रेडिबली प्यूर’ ले ल्यायो सस्तोमा उच्च प्रबिधियुक्त पानी शुद्धीकरण गर्ने मेसिन

    5.7K
    Shares
    अस्ट्रेलियामा धाराको पानी  सिधै पिउँदा हुने असरलाई रोक्न ‘इन्क्रेडिबली प्यूर’ ले ल्यायो सस्तोमा उच्च प्रबिधियुक्त पानी शुद्धीकरण गर्ने मेसिन

    सिड्नी – अस्ट्रेलियामा धाराको पानी शुद्धीकरण नगरी सिधै पिउँदा स्वास्थमा असर पर्ने भन्दै ‘इन्क्रेडिबली प्यूर’ नामक कम्पनीले पानी शुद्धीकरण गर्ने मेसीन अस्ट्रेलियाको बजारमा सार्वजानिक गरेको छ।

    गत शनिवार अस्ट्रेलियाको एडिलेड स्थित वेस्ट लेक सामुदायिक भवनमा पानी शुद्धीकरण गर्ने मेसिनको ठुलो संख्यामा उपस्थित नेपाली समुदायबिच अस्ट्रेलियाका लागि बाणिज्य दुत दिपक धमलाले भब्यताका साथ उद्घाटन गरेका थिए ।

    सार्वजनिक गरीएको ‘इन्क्रेडिबली प्यूर’ ले ग्राहक को आवश्यकतालाई ध्यान दिदै अत्यन्त आकर्षक र स्मार्ट इन्टेलीजेन्ट फिचर भएको अन्डर सिन्क र बेन्च टप गरी दुई प्रकारका मेसिनलाई अधिकारीक रुपमा अस्ट्रेलियाको बजारमा सार्वजनिक गरेको जनाएको छ।

    कसैले पानी शुद्धीकरण गर्ने मेसिन खरिद गर्न चाहेमा अनलाइन मार्फत कम्पनीको वेभसाईट  https://www.incrediblypure.com.au/बाट किन्न सकिने व्यवस्था समेत कम्पनी गरेको छ।

    कम्पनीले सार्वजानिक गरेका दुई प्रकारका मेसिन मध्य ‘बेन्चटप प्युरीफायर’ को बिषेशता भनेको पानी मात्रा अनुसार तापक्रमको छनौट गर्न सकिने धाराको पाइपमा जोड्न नपर्ने जस्ता लोभ लाग्दा फिचरहरु रहेका छन्।

    ‘बेन्चटप प्युरीफायर’ विश्वकै अत्याधुनिक प्रविधीद्वारा तीन चरणमा पानीलाई शुद्धीकरण गर्ने प्रविधी जडान गरिएको छ। रुम टेम्परेचर  देखी तुरुन्त तीन सेकेन्ड भित्र १०० डिग्रीसम्ममा पानी पिउँन सकिने , टच स्क्रीन बिशेषता सहित वाटरप्युरिफायरमा फिल्टरले काम गर्न छोड्ने बित्तिकै इन्डिकेटरले कुन फिल्टर काम गर्न छोडेको हो नयाँ परिवर्तन गर्नको लागि जनाउ दिने र सजिलै आफैले फिल्टर फेर्न सकिने छ । इन्डिकेटरले गर्दा ग्राहक ढुक्क भएर पानी उपभोग गर्न सक्ने । सानो परिवार तथा भाडामा वस्ने ग्राहकको लागि सारै उपयुक्त हुने उक्त मोडेल सजिलै बोकेर जता पनि लग्न सकिने जस्ता बिशेषता यसमा छन्।

    त्यस्तै आकर्षक र स्मार्ट इन्टेलीजेन्ट फिचर भएको अन्डर सिन्क प्युरीफायर किचेनको धाराको तल जडान गर्न सकिने छ। सानो चिटिक परेको र थोरै ठाउँ ओगटने यो प्युरीफायरमा पनि अत्यन्त उन्नत प्रबिधीको जडान गरिएको छ। यसमा पनि फिल्टरले काम गर्न छोड्ने बित्तिकै इन्डिकेटरले कुन फिल्टर काम गर्न छोडेको भनी सूचना दिन्छ र घरमा आफैले फेर्न सकिन्छ । सोही फिल्टर इन्डिकेटरले गर्दा ग्राहक ढुक्क भएर पानीको उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

    अस्ट्रेलिया सरकारले धाराको पानीमा क्लोरीनको मात्रा अधिकतम ५००० माइक्रोग्राम प्रति लिटर र क्लोरिन तथा कोरामाईनको बाईप्रोडक्टको रुपमा रहेको ट्राईहालो मिथेन  जुन क्यान्सर जन्य पदार्थ को रुप मा लिइन्छ त्यसको मात्रा अधिकतम २५० माइक्रो ग्राम प्रतिलिटरको मापन तोकेको छ।  जुन अमेरीका र युरोपभन्दा निकै बढि हो ।

    क्लोरिन तथा कोरामाईनहानिकारक र क्यान्सर गराउने केमिकल अर्थात कार्सिनोजेनिक रहेको हुँदा धाराको पानी शुद्ध नगरी निरन्तर पिउँदा यस बाट स्वास्थ मा प्रतिकुल असर पर्ने र क्यान्सर जस्तो घातक रोग हुने जोखिम भएको कारण  अधिक क्लोरिनयुक्त पानी पिउँदायसले स्वास्थमा धेरै प्रकारका नकरात्मक असरहरु पुऱ्याउँन सक्दछ।

    त्यस्तै क्लोरिनको असरले गर्भवती महिलामा रहेको बच्चाको प्रिम्याचुअरबर्थ , मानसिक विकासमा असर तथा बच्चाको तौल मा समेत असर गर्ने गरेको विभिन्न अध्यनहरुले देखाएका छन्।  पेटमा रहेको गुड व्याक्ट्रेरीयालाई मार्नुका साथै पाचन प्रणालीलाई असर पुर्याउदछ।   हालैको तथ्यांकले अस्ट्रेलिया लगायत धेरै देश हरुमा कोलोन क्यान्सरको मात्रा बढि रहेको देखिएको छ।   खेलाडी , बाल- बच्चा तथा बृद्ध -बृद्धाहरु लाई समेत क्लोरिनयुक्त पानीले प्रतिकुल असर पुऱ्याउँदछ l अधिक क्लोरिन भएकोपानी पिउँदा हाम्रो शरिरको कोमल अंग र टिस्यु लाई क्ष्यति पुऱ्याउँन सक्दछ l

    बजारमा अनेकौं प्रकारका फिल्टर तथा वाटर पिउरीफायर भएता पनि कुनै अधिक मुल्य पर्ने र धेरै जसो सस्तो मुल्यका वाटरफिल्टरहरुले आंशिकरूपमा मात्रै केमिकल छान्ने हुँदा ‘इन्क्रेडिबली प्यूर’ ले प्राय सम्पूर्ण हानिकारक जैबिक तथा केमिकल रसायन , कलोरीन, ब्याक्टेरिया , रङ आदि ९९.९% छान्ने र रोक्ने क्षमता दाबी कम्पनीको छ।

    जापानको टोकियो यूनिभर्सिटीबाट बिधावरिधी (PHD)  गरेका  र खाने पानी बिशेषज्ञका रुपमा  अस्ट्रेलियामा लामो समय देखि कार्यरत  वाताबरणबिद डा. रुपक अर्यालद्वारा डिजाइन गरिएको हो।  डा. अर्यालको लामो समयको सोध तथा अनुसन्धान, बैज्ञानिक तथ्यांकको आधारमा अस्ट्रेलियाको पिउनेपानीको प्रकृति र पानीमा रहेको जैबिक तथा रसायनिक पदार्थको असर रोक्नको लागि सर्वसुलभ तथा सुपथमुल्यमा आधुनिक प्रबिधिको वाटर प्युरीफायर बिक्रिमा ल्याएको कम्पनीले  जनाएको छ।  कम्पनीका मुख्य संचालक डा. रुपक अर्याल तथा रामचन्द्र थापा  हुन्। कम्पनीले अस्ट्रेलिया तथा न्युजिल्याण्डको बजारमा आफ्नो प्रोडक्ट लाई बिक्री बितरण गर्ने  उदेश्य  राखेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend