logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट

    सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ‘ए’ लाई दियो १ सय ८० रनको लक्ष्य

    सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ‘ए’ लाई दियो १ सय ८० रनको लक्ष्य

    1.6K
    Shares
    सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ‘ए’ लाई दियो १ सय ८० रनको लक्ष्य

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले पाकिस्तान ‘ए’ सामू जितका लागि १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ७९ रनको योगफल बनाउँदै सबै विकेट गुमायो । नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाए । उनी १ सय १ बल खर्चिदै ७५ रन बनाएर आउट भए ।

    यस्तै, नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४, पवन सर्राफ १, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए । ललित राजवंशी १ रनमा आउट भए। भीम सार्कीले खाता खोल्न समेत सकेनन् ।

    पाकिस्तानका लागि शहनवाज दहानीले ५, मोहम्मद वसीम जेआरले ४ र मुबसिर खानले १ विकेट लिएर आफ्नो टिमलाई योगदान दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend