काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड प्रस्थान गर्दैछन् ।
बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिट कार्यक्रममा सहभागिता जनाउनका लागि मन्त्री साउद नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो।
मन्त्री साउदको सचिवालयका अनुसार आइतबार दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नेछन् । मन्त्री साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।
बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक रहेका छन् ।
यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सहभागी छैनन् । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा समेत हेरिन्छ ।