logo

२०८१ मंसिर २० बिहिबार

logo
  • बिहिबार, २० मंसिर २०८१
  • ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

    ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

    1.3K
    Shares
    ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

    ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो ।

    शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।

    उनका अनुसार अस्थायी टहरा निर्माणका लागि यहाँस्थित सबै राजनीतिक पार्टी, सुरक्षा निकाय, जनप्रतिनिधिको संयुक्त टोली खटिने छ । उनका अनुसार आगामी साउन ७ गतेदेखि उक्त काम प्रारम्भ हुने छ ।

    यस्तै, स्थानान्तरणका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाइएको छ । विपद्का घटनामा सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले यसमा सहयोग गर्न गाउँपालिका अध्यक्ष वनेमले आग्रहसमेत गरे। बाढीपहिराका कारण यस गाउँपालिकाको ओदकका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् ।

    ओदक बस्तीमा जाने विभिन्न खोला खोल्साका पुल बाढीले बगाएको छ भने बस्तीका विभिन्न भाग पहिराले चिराचिरा परेको छ । पहिराकै कारण यहाँ ओहोरदोहोर गर्नसमेत समस्या छ ।

    ताप्लेजुङमा लाखे नाच
    ताप्लेजुङमा शनिबारदेखि नेवार समुदायमा प्रचलित लाखे नाच सुरु गरिएको छ । गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले सदरमुकाम फुङलिङस्थित भिन्तुना डाँडामा लाखे नाच सुरु गरेको हो ।

    फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले लाखे नाचको शुभारम्भ गरेका छन् । नेपाल भाषा तथा सांस्कृतिक समाजले भिन्तुना डाँडामा लाखे नाच शुभारम्भ समारोहको आयोजना गरेको थियो । सांस्कृतिक पर्व गठेमङ्गलका अवसरमा हरेक वर्ष सदरमुकामवासीले लाखे नाच निकाल्दै आएका छन् ।

    लाखेको मुखुन्डो पहिरिएर प्रस्तुत गरिने परम्परागत नृत्यलाई नै लाखे नाच भन्ने गरिएको छ । उक्त नाचमा ढोलक, ट्याम्को, मजुरालगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको मान्छेको आत्माले दुःख नदेओस् भनेर यो नाच देखाइने गरेको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शङ्कर श्रेष्ठले बताए ।

    नेवार समुदायमा तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रूपमा लिने गरिएको छ । यस दिनमा भीमकाय राक्षसको सम्झना गरिन्छ भने उक्त राक्षसको मृत्युपछि भय त्रासबाट मुक्त भएको विश्वास गरिन्छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend