काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध पहिला ब्याटिङमा उत्रिने भएको छ ।
समूह ‘बी’ अन्तर्गत आर प्रेमादासा स्टेडियममा टस जितेर नेपालले भारतलाई पहिला बलिङका लागि आमन्त्रण गर्दै ब्याटिङ्ग रोजेको हो ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटले हारेको थियो । यता उपाधि दावेदार भारतले भने पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा पराजित भएका कारण सेमिफाइनलको सम्भावना जिवितै राख्न नेपालले भारतविरुद्ध जित निकाल्नु पर्नेछ । आजको खेलमा पराजयको सामना गरेको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।