logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • कुशलले दिलाए यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

    कुशलले दिलाए यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

    882
    Shares
    कुशलले दिलाए यूएईविरुद्ध नेपाललाई पहिलो सफलता

    काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता कुशल मल्लले दिलाएका छन् ।

    कोलम्बोस्थित पी सारा ओभल मैदानमा जारी खेलमा उनले १०.२ ओभरमा विकेट किपर आर्यन शर्मालाई १४ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । कुशलले उनलाई पवन सर्राफको हातबाट क्याच गराउन सफल भए ।

    टस हारेर फिल्डिङको निम्तो पाएको यूएईले १२ अ‍ोभरमा एक विकेटको क्षतिमा ४२ रन बनाएको छ ।

    नेपालले आज आसिफ शेख, भीम सार्की, ललितनारायण राजवंशी र सोमपाल कामीलाई विश्राम दिएर अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी र श्याम ढकाललाई समेटेर परिवर्तन गरेको हो ।

    सेमिफाइनल दौडबाट बाहिरिसकेका नेपाल र यूएई जित निकाल्दै सुखद यात्रा अन्त्य गर्ने प्रयासमा छन् ।

    जारी प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ४ तथा दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले हारेको थियो । यस्तै, यूएई पाकिस्तानसँग १८४ रन तथा भारतसँग ८ विकेटले पराजय भोगेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend