logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मौद्रिक नीतिमा सामञ्जस्यता कायम गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

    मौद्रिक नीतिमा सामञ्जस्यता कायम गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

    1.1K
    Shares
    मौद्रिक नीतिमा सामञ्जस्यता कायम गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरी बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य कायम हुनेगरी मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

    बिहीवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंकलाई यस्तो निर्देशन दिएको हो । बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति सन्तोष चालिसेले चालु आर्थिक वर्षको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेगरी मौद्रिक नीति जारी गर्ने निर्देशन दिएको बताए ।

    उनले बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधि चलायमान हुने गरी मौद्रिक नीति जारी गर्नुपर्ने समितिले निर्णय गरेको बताए । उनले आन्तरिक उत्पादन वृद्धि र रोजगारीलाई प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न, बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरिवेक्षण गर्ने संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न निर्देशन दिएको बताए ।

    उनले भने, ‘मौद्रिक नीतिमा सापेक्षता कायम गर्न मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरी मुद्रास्फिर्तीलाई वार्षिक बिन्दु २०८०/८१ को बजेट लिएको लक्ष्यभित्र सिमित गरी बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि हासिल गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधि चलायमान हुनेगरी मौद्रिक नीति जारी गर्न, आन्तरिक उत्पादन वृद्धि र रोजगारीलाई प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न,बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरीवेक्षण गर्ने संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न,सहकारी क्षेत्रमा देखिएको विकृति र कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंक मार्फत गराउन उचित आवश्यक र समन्वयको विषयमा राष्ट्र बैंकले अध्ययन गरी राष्ट्र बैंकले आफ्नो धारणा समितिलाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिन्छौं ।’

    उनले अनुचित कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंकमार्फत गर्नेगरी आवश्यक र समन्वयको विषयमा राष्ट्र बैंकले अध्ययन गरी राष्ट्र बैंकले आफ्नो धारणा समितिलाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend