logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मोदी भन्छन् पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ

    मोदी भन्छन् पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ

    791
    Shares
    मोदी भन्छन् पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

    पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

    “पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको हो त्यो कुरा प्राप्त गर्ने दिशामा अगाडि बढ्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ,” मन्त्री मोदीले भने ।

    उनले पुष्पलालले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको समेत बताए । मन्त्री मोदीले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि अगाडि बढ्नुपर्ने समेत बताए ।

    “एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनष्टिबीचको एकता अनिवार्य र अपरिहार्य छ” उनले भने, “पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानमा आइपुगेका हौँ, यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्छ ।”

    अर्को प्रसंगमा मन्त्री मोदीले प्रशासकीय र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा आफू लागिरहेको समेत बताए । मन्त्री मोदीले सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउने आफ्नो तयारी रहेको समेत उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend