काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा इटलीसँग अर्जेन्टिना पराजित भएको छ ।
आज सोमवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गरेको हो ।
इटलीका लागि खेलको ८७ औँ मिनेटमा क्रिस्टिना गिरेलीले गोल गरिन् । यो जितसँगै समूह ‘जी’ मा रहेको इटलीले ३ अङ्क जोड्न सफल भएको छ ।
विश्वकपमा आजै दिउँसो सवा २ बजे समूह ‘एच’ को जर्मनी र मोरोक्को बीच प्रतिस्पर्धा हुँदैछ । यस्तै बेलुकी पौने ५ बजे ब्राजिल र पनामा खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोली सहभागी रहेका छन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।