बिर्तामोड । झापा गाउँपालिका–४ मा एक बालकको पानीमा डुबेर ज्यान गएको छ ।
ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्नेक्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो अन्दाजी १२ बजे डेनिस खेल्नेक्रममा पानीमा डुबेका थिए ।
उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिए पनि उपचारको क्रममा बालकको निधन भएको प्रहरीले जनाएको छ ।