काठमाडौं । जापानको फुकुओकामा जारी २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान चुमेकी छिन् ।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले १३औं साग प्रतिस्पर्धाकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६ः८० सेकेन्ड समयमा दूरी पार गर्दै आप्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी जानकारी दिएका छन् ।
यसअघिको भारतको गुवाहटीमा आयोजना गरिएको १२ औं दक्षिण एशियाली खेलकुदमा गौरिकाले १ मिनेट ७ः३१ सेकेन्ड समयको रेकर्ड कायम गरेकी थिइन् ।
नेपाली पौडीबाज नासिरले भने लगातार दोस्रो दिन नयाँ रेकर्ड बनाए ।
नासिरले सोमबार २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८ः२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई तोक्दै १ मिनेट ५७ः२६ सेकेन्ड समयका नयाँ राष्ट्रिय कीर्तिमान राखेका हुन् ।
यस अघि नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि आप्नै नामको कीर्तिमान सुधार्दै नयाँ कीर्तिमान बनाएका थिए ।
अर्की खेलाडी डुवाना लामाले भोलि (मंगलबार) २०० मिटर दूरीको फ्रिस्टायलमा सामना गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी दिएका छन् ।
आफ्नो नाम फिना परिवर्तन गरी विश्व पौडी महासंघले वर्ल्ड एक्वाटिक्सको नामाकरण गरेको छ ।