logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • चीनमा वर्षापछिको बाढीका कारण जनजवन प्रभावित, उद्धार कार्य जारी

    चीनमा वर्षापछिको बाढीका कारण जनजवन प्रभावित, उद्धार कार्य जारी

    1.1K
    Shares
    चीनमा वर्षापछिको बाढीका कारण जनजवन प्रभावित, उद्धार कार्य जारी

    एजेन्सी । चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ ।

    पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारका कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ । शहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको छ ।

    शनिवार बिहान ८ बजेदेखि मङ्गलवार बिहान ११ बजेसम्म झुओझोउमा औसत वर्षा ३ सय ५५ दशमलव १ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।

    सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । चीनको राजधानी र आसपासका क्षेत्रमा शनिवारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना बिस्थापित भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend