logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण जागिर चैट त भएन् ? अब एलन मस्कले दिनेछन् असीमित आर्थिक सहयोग

    ‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण जागिर चैट त भएन् ? अब एलन मस्कले दिनेछन् असीमित आर्थिक सहयोग

    1.7K
    Shares
    ‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण जागिर चैट त भएन् ? अब एलन मस्कले दिनेछन् असीमित आर्थिक सहयोग

    एजेन्सी । ‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण कुनै कर्मचारीलाई उसको रोजगारदाता कम्पनी वा कार्यालयले अनुचित व्यवहार गरेको छ भने त्यस्ता कर्मचारीलाई एलन मस्कले असीमित आर्थिक सहयोग उपलब्ध गराउने बताएका छन् ।

    मस्क ‘एक्स’ (यसअघि ट्वीटरका नामले चिनिने) का मालिक हुन् । आफ्नो प्लेटफर्ममा लेखेकै कारण कुनै कर्मचारीमाथि अनुचित व्यवहार भएको पाइएमा त्यस्ता व्यक्तिलाई कानुनी उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा उनले गरेका छन् ।

    मस्कले यस प्रकार दिइने आर्थिक सहयोगको कुनै सीमा नरहने समेत प्रस्ट गरेका छन् । उनले ‘एक्स’का प्रयोगकर्ताहरुलाई केही पोस्ट गरेको वा लाइक गरेकै कारण कार्यालयबाट केही गलत भएकोखण्डमा आफूलाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend