logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सडकबाट आर्थिक अवस्था बलियो बनाउँदै मोन्टेनेग्रो

    सडकबाट आर्थिक अवस्था बलियो बनाउँदै मोन्टेनेग्रो

    1.8K
    Shares
    सडकबाट आर्थिक अवस्था बलियो बनाउँदै मोन्टेनेग्रो

    एजेन्सी । मोन्टेनेग्रोमा चीन सरकारद्वारा निर्माण भएको राजमार्गको सुविधा बिस्तार गरिएको छ ।

    मोन्टेनेग्रोको बार बोल्जारे राजमार्गको ४१ किलोमिटर सडकखण्डले देशको आर्थिक विकासलाई बढाएको स्थानीय अधिकारीहरुले बताएका हुन् ।

    बार बोल्जारे राजमार्गको ४१ किलोमिटर सडकलाई प्राथमिकता दिएर चीनले निर्माण गरेको स्मोकोभ्याक–माटेसेभो सडक खण्ड गत जुलाईबाट सञ्चालनमा आएको हो ।

    सो समयबाट यस सडकखण्ड मोन्टेनेग्रोका लागि अर्थोपार्जनको मुख्य माध्यम बन्नुका साथै उत्तरी दुर्गम र जोखिमपूर्ण भूभागका लाखौँ यात्रुहरुलाई सुरक्षित यात्राको सुविधा दिएको मोन्टेपुटका कार्यकारी निर्देशक मिलन लिजिल्जानिकले बताए । यस सडकले सञ्चालन समय यता ९.८५ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ ।

    उनले भने, ‘पछिल्लो १२ महिना यता यो राजमार्गमा २.२ मिलियन सवारीसाधन आवतजावत गरेका छन् । यसबाट ९ मिलियन युरो (९.८५ मिलियन अमेरिकी डलर) को आम्दानी भएको छ । पहिलो खण्डको निर्माण सकिएसँगै बार बोलजारे राजमार्गको पहिलो खण्ड पूरा भएको छ । जसको उद्देश्य मोन्टेनेग्रोको उत्तरी, मध्य र दक्षिण भागलाई जोड्नु हो । यस सडक खण्डको निर्माणसँगै हाम्रो देशको उत्तरी भागमा आर्थिक गतिविधि बढेको छ । साथै पर्यटन विकासको लागि प्रोत्साहन भएको छ ।’

    नयाँ राजमार्गले मोन्टेनेग्रोलाई प्रत्यक्ष र अप्रत्यक्ष आर्थिक लाभ दिएको स्थानीय अधिकारीहरुले बताएका छन् । यो राजमार्ग पूर्ण रुपमा सकिएसँगै सर्भियाको लागि आर्थिक लाभको माध्यम बन्नेछ । सडक बनेसँगै त्यस क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरु धेरै खुशी भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend