logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधन’ कार्यक्रम अघि बढाइने

    अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधन’ कार्यक्रम अघि बढाइने

    1.3K
    Shares
    अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधन’ कार्यक्रम अघि बढाइने

    एजेन्सी । इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यवद्धता र संयुक्त कार्यक्रमहरु अघि बढाउनुपर्ने बारेमा छलफल भएको छ ।

    मंगलवार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बारेमा छलफल भएको हो ।

    बैठकमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्व लगायत क्षेत्रीय मुद्दाहरुमा छलफल भएको थियो । छलफलले साउदी र इजिप्टबीचको सम्बन्ध बिस्तार गर्ने र अन्य अरबियन मुलुकको सम्बन्ध पनि बिस्तार गर्दै जानेमा छलफल भएको बताइएको छ ।

    दुई मन्त्रीहरुले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधन’ काईक्रममार्फत विभिन्न क्षेत्रीय समस्याहरुको सामना गर्न संयुक्त अरब कार्य र एकताको रुपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन् ।

    भेटमा प्यालेस्टाइन—इजरायली द्वन्द्वको न्यायसंगत समाधानको लागि छलफल भएको छ । बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend