logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • रुसको केन्द्रीय बैंकले ब्याजदर १२ प्रतिशत पुर्‍यायो

    रुसको केन्द्रीय बैंकले ब्याजदर १२ प्रतिशत पुर्‍यायो

    1.2K
    Shares
    रुसको केन्द्रीय बैंकले ब्याजदर १२ प्रतिशत पुर्‍यायो

    एजेन्सी । रुसको केन्द्रीय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ ।

    मंगलवार केन्द्रीय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पुर्‍याउने निर्णय गरेको हो । आकस्मिक बैठक बोलाएको केन्द्रिय बैंकले मुद्रास्फितिको दबाबका कारण मूल्य स्थिरता जोखिम सिमित गर्ने उद्देश्यले यो निर्णय गरिएको बताएको छ ।

    रुसमा अगस्ट ७ सम्म वार्षिक मुद्रास्फितिदर बढेर ४.४ प्रतिशत पुगेको छ भने हाल मूल्य वृद्धिदर निरन्तर बढीरहेको बैंकले जनाएको छ ।

    बैंकका अनुसार आन्तरिक मागमा भएको स्थिर वृद्धिले उत्पादन बिस्तार गर्ने क्षमतालाई कमजोर बनाएको छ भने मुद्रास्फितिको दबाब बढेको छ ।

    साथै आयातको उच्च मागमार्फत मुद्राका विनिमय दरको गतिशिलतालाई प्रभाव पारेको छ । बैंकको हालको निर्णयले सन् २०२४ मा मुद्रास्फितिलाई ४ प्रतिशतमा पुर्‍याउने अपेक्षा छ ।

    अमेरिकाको तुलनामा रसियन मुद्रा १०१ ले कम छ । सोमवार र मंगलवार रुबल ९८ कायम थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend