logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गहुँ आयातमा इजिप्टले ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गर्‍यो

    गहुँ आयातमा इजिप्टले ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गर्‍यो

    2.1K
    Shares
    गहुँ आयातमा इजिप्टले ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गर्‍यो

    एजेन्सी । इजिप्टले गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ ।

    मंगलवार इजिप्टको अर्थ मन्त्रालयले गहुँ आयातका लागि संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित निर्यात कार्यालय (एडिइएक्स) सँग गहुँ आायतको लागि ५ वर्षको सम्झौता गरेको हो । दुई देशको सम्बन्ध र विकास प्रवद्र्धन एवं खाद्य सुरक्षा प्रवद्र्धनमा सम्झौताले सहयोग पुग्ने बताइएको छ ।

    इजिप्टमा पाँच महिनाको खपतका लागि पर्याप्त गहुँको भण्डार रहेको र खाद्य सुरक्षा कायम गर्न राज्यको प्रयास र स्थानीय बजारको आवश्यकतालाई यसले पूरा गर्ने विश्वास छ ।

    हस्ताक्षर समारोहमा इजिप्टका अर्थमन्त्री मोहम्मद माइतले इजिप्टले सामाजिक र आर्थिक विकास गर्न, नागरिकको जनजीविका सहज बनाउन, जनताको जीवनस्तरमा सुधार गर्नका साथै मुद्रास्फितिको प्रभावलाई कम गर्न एडीएफडीसँग थप सहयोगको हात अघि बढाएको बताए ।

    विश्वकै ठूलो गहुँ आयातकर्ता इजिप्ट रुस—युक्रेन युद्धका कारण आपूर्ति बन्द हुँदा र मूल्यवृद्धिका कारण चिन्तित छ । इजिप्टमा वार्षिक गहुँको खपत १ करोड ८० लाख टन छ भने त्यसको दुई तिहाई आयात गर्दछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend