एजेन्सी । अमेरिकाको माउई जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलवार साँझसम्म १०६ पुगेको छ ।
हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना शुरु भएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रति परिवार ७ सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना शुरु भएको हो ।
आलोचकहरुले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् ।
संघीय आपत्कालीन व्यवस्थापन एजेन्सी (फेमा) ले हवाईका बासिन्दाहरुलाई सहयोग गर्न ३ सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ ।