logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डुङ्गा दुर्घटनामा त्रिसट्ठी भन्दा बढीको मृत्यु भएको आशङ्का

    डुङ्गा दुर्घटनामा त्रिसट्ठी भन्दा बढीको मृत्यु भएको आशङ्का

    3K
    Shares
    डुङ्गा दुर्घटनामा त्रिसट्ठी भन्दा बढीको मृत्यु भएको आशङ्का

    एजेन्सी । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

    गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए ।

    तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन्भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले गिनी–बिसाउका एक नागरिक सहित ३८जनालाई डुङ्गाबाट उद्धार गरिएको बताएको छ ।

    सेनेगलबाट केप भर्डेतर्फ आइरहेको आप्रवासी चढेको डुङ्गा पल्टिँदा त्यसमा सवार ६३ जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको आईओएमले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

    दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend