जुम्ला । जिल्लाको सिंजा गाउँपालिका–६ भाडगाउँमा बाँदरले बालीनाली नष्ट गर्न लागेपछि चौकीदार राख्न थालिएको छ । बाँदर धपाउन गाह्रो भएपछि गाउँलेले मिलेर पारिश्रमिक व्यहोर्ने गरी चौकीदार राखेका हुन् ।
स्थानीय चक्रबहादुर रावतले पछिल्ला पाँच वर्षमा बाँदर धेरै आउने गरेको बताए । पाँच वर्षदेखि गाउँमा राख्न थालिएका चौकीदार हरेक ६र६ महिनामा परिर्वतन गरिन्छन् ।
बेरोजगार युवा धेरै रहेकाले चौकीदारीमा लगाएर पनि रोजगारी दिने गरिएको छ । दलित समुदायका युवाहरुले चौकीदारको जिम्मेवारी लिने गरेका छन् ।