काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित पौडेल ५ रन बनाएर आउट भए । उनलाई भारतका रविन्द्र जडेजाले बोल्ड आउट गराए ।
यसअघि नेपालले कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको थियो । यो विकेटसँगै नेपालले २० ओभरमा दुई विकेट गुमाएर ९३ रन बनाएको छ ।