२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

डेडिकेटेड र ट्रंक लाइन विलको अध्ययन गर्न ऊर्जामन्त्री खड्काले बनाए समिति

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । ऊर्जा मन्त्रालयले डेडिकेटेड फिडर र ट्रंक लाइनको नेपाल विद्युत प्राधिकरणले काटेको विलको अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा अरबिन्द मिश्रको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयका प्रवक्त्ता चिरञ्जिबी चटौतले जानकारी दिए।

समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्ले र प्राधिकरणका पूर्वकर्मचारी श्रीराम राज पाण्डे छन्। काफ्ले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) का अध्यक्ष हुन् । दुई महिनाअघि अवकाश पाएका पाण्डे प्राधिकरणको ग्रीड सञ्चालन विभागका कार्यरत थिए।

प्राधिकरणले उद्योगीलाई पठाएको विलको अध्ययन गर्नेछ। उद्योगले लोडसेडिङको समयमा दैनिक २० घण्टा बिजुली पाएको वा नपाएको प्राविधिक अध्ययनका आधारमा समितिले प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ। यद्यपि प्रतिवेदन बुझाउने समय भने तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट