logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पक्राउ

    बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पक्राउ

    2.2K
    Shares
    बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ हजार अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका–७ बस्ने ३४ वर्षीय रविन इजाम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भिस्तारा एयरको उडानद्वारा काठमाडौँबाट दिल्ली हुँदै मौरिसस जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरिएको हो ।

    पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशलामा पठाइएको प्रवक्ता कडायतले बताउनुभयो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend