बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

असोज ३० एभरेष्ट बैंक लिमिटेडका २९औं वार्षिक साधारण सभा, लाभांश पारित गर्ने

असोज ३० एभरेष्ट बैंक लिमिटेडका २९औं वार्षिक साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले असोज ३० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लैनचौर व्यांक्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारितश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रस्तावित २० दशमलव ५३ प्रतिशत लाभांश प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।

गत वर्षको मुनाफाबाट बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रूपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend