काठमाडौँ । नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।
बुधबार भएको खेलमा घरेलु टोली नेपाललाई ३–२ ले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतका साहिल खुर्सिदले २५ औँ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए ।
यस्तै ७३ औँ मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अव फाइनल खेल्ने भारत र पाकिस्तानबीच हुनेछ ।