फागुन ६ काठमाडौं – द्वन्द पीडित राष्ट्रिय संजालले राज्य, पीडित, मानवअधिकारकर्मी, नागरिक समाजआदिद्वारा बहिस्कृत राजनीतिक संयन्त्रका थोत्रा खेलाडीहरू पुन सल्बलाउन लागेको प्रति खबरदारी गर्ने बताएको छ। संजालले फागुन १ गते बसेको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन प्रेस वक्तब्य जारी गर्दै बर्तमान संक्रमणकालिन न्यायिक संयन्त्रभन्दा माथि रहने कुनै पनि प्रकारका संयन्त्रहरू मान्य नहुने र त्यस्ता संयन्त्रहरूलाई बहिष्कार गर्ने जनाएको हो।
बैठकले सम्मानित सर्बोच्च अदालतको आदेश अनुसार तत्काल सत्यनिरूपण एवं मेलमिलाप र बेपत्ता पारिएका ब्यक्तिहरूको छानबिन आयोग ऐन पीडित पैत्री ढंगबाट संसोधन प्रकृया अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गर्दै ऐन संसोधन पुर्व हाल गठन भएका दुवै आयोगहरूसँग सहकार्य नगरि असहयोग आन्दोलन घोषणा गर्ने र भण्डाफोर अभियान संचालन गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै सत्यनिरूपण एवं मेलमिलापतथा बेपत्तापारिएकाब्यक्तिहरूको छानबिन आयोग ऐन संसोधनका लागि दबाब दिने उद्धेश्यले संजालका बरिष्ठ उपाध्यक्ष फडिन्द्र लुइंटेलको संयोजकत्वमा पाँच सदस्यीय, तीनमहिने दबाब अभियान संचालन समिति घोषणा गर्ने निर्णय समेत बैठकले गरेको छ।