फागुन ६ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले एमसिसी नेपालको हितमा भएकोले यसलाई तत्काल पास गर्नुपर्ने बताएका छन्। बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले एमसीसी देश र जनताको पक्षमा भएकाले यसलाई पास गर्नुपर्ने बताएका हुन्।
एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको भन्दै अध्यक्ष थापाले भने ‘सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ ।’ एमसिसी संसदमा पारित हुने विषय ठूलो नभए पनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।
अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताए । “विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन् । सरकार ढाल्ने कुरामा जनताको रुचि छैन”, अध्यक्ष थापाले भने, “जनतालाई स्थिर सरकार चाहिएको छ ।”
थापाले पार्टीको महाधिवेशनको कामसँगै राप्रपा नेपालसँग एकीकरणको काम पनि अघि बढेको बताए।