logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

    सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

    2K
    Shares
    सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । ५.१९ अंकले बढेको बजार १९७६.२९ बिन्दुमा रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो ।

    गत बिहीबार र आइतवार लगातार दुई दिन गिरावट भएको नेप्सेमा सोमबार भने सुधार देखिएको हो । दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम १ घण्टा सुधार हुँदा परिसूचक बढेर बन्द भएको छ ।

    सोमबार होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए पनि बजारमा ठूलो वृद्धि भने देखिएन । विकास बैंक उपसूचक सर्वाधिक १.३३ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फड उपसूचक १ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८८ प्रतिशतले बढेको हो । होटल तथा पर्यटन उपपसूचक ०.९२ प्रतिशतले गिरावट हुँदा उत्पादनमूलक उपसूचक ०.०९ प्रतिशतले बढेको हो ।

    सोमबार नेप्सेमा सुधार भए पनि काराबार रकममा केही संकुचन भएको छ । आइतबार १ अर्ब ८३ करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा झरेको हो । सोमवार कुल ८५ हजार ५९१ वटा कारोबारबाट ५७ लाख ७६ हजार ८९६ कित्ता सुचिकृत धितोपत्र किनबेच भयो ।

    सोमबार एनआईसी एशिया बैंकको सर्वाधिक २१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार हुँदा सिटिजन्स लाइफ इन्स्योरेन्सको १२ करोड ९० लाख र सोल्टी होटलको ८ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

    सोमबार नेप्सेमा कुल २३३ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १६३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ६४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६ कम्पनीको भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये सीवाईसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै इन्फिनिटी लघुवित्तको सेयरमूल्य ९.६६ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ९.४९ प्रतिशतले बढेको हो ।

    यता पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ५.२९ प्रतिशतले गिरावट हुँदा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरमूल्य ५.२३ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ४.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend