फागुन ७ काठमाडौं – वीरगंजमा सैनिक शासनको माग गर्दै प्रदर्शन गरिएको छ। राजतन्त्रसहितको सैनिक शासनको माग गर्दै नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो।
राजसंस्था पुनर्स्थापना गर्दै सैनिक शासन लागु गर्नु पर्ने माग गर्दै प्रदर्शन भएको हो ।
नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलका कारण भ्रष्टचार र लुट बढेको भन्दै मुलुकलाई जोगाउन राजतन्त्र फर्कनै पर्ने र देशमा सैनिक शासन लागु हुनुपर्ने बताए।