फागुन १२ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वालुवाटारमा भेटवार्ता भएको छ ।
भेटवार्तामा एमसीसी, संविधान संशोधनका लागि कार्यदल गठन र अन्य विविध विषयमा छलफल भएको छ।
त्यस्तै छलफलमा एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनबारे पनि छलफल भएको बताइएको छ।
निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा प्रकरण र राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरिएकोबारे पनि कुराकानी छलफलमा भएको वालुवाटार श्रोतले जनाएको छ।