logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रधानमन्त्रीले जनविश्वास गुमाउनुभो, राजिनामा दिनुपर्छ: गगन थापा

    प्रधानमन्त्रीले जनविश्वास गुमाउनुभो, राजिनामा दिनुपर्छ: गगन थापा

    2.1K
    Shares

    फागुन १४ काठमाडौं: प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विश्वास गुमाइसकेकोले अब नैतिकताका आधारमा पदमा बसिरहनु उचित नभएको भन्दै राजिनामा दिनुपर्ने बताएका छन्। सुनौलो नेपालसंगको छोटो कुराकानीका क्रममा थापाले यस्तो बताएका हुन्।

    ‘प्रधानमन्त्रीसंग संसदमा बहुमत भएका कारण प्राविधिक रुपमा उहाँ पदमा रहिरहन त सक्नुहुन्छ’, थापाले भने, तर ‘बैधानिक संख्याले मात्रै लोकतन्त्रमा शासन चले पनि जम्दैन’। अबको ३ वर्षसम्म प्रधानमन्त्री रहेपनि पार्टीको तहमा र आम नागरिकको तहमा ओलीले विश्वास गुमाइसकेको उनको भनाइ छ। अंकका हिसाबको शासनले मुलुकका समस्याको समाधान गर्न नसक्ने भन्दै उनले सक्षम र जनतामुखी सरकारले मात्र जनअपेक्षा अनुसार काम गर्न सक्ने बताए।

    प्रधानमन्त्री घेराबन्दीमा पर्नुभएको हो भन्ने प्रश्नमा थापाले उहाँ प्रतिपक्षिबाट नभई आफ्नै पार्टीबाट घेराबन्दीमा परेको र पार्टीभित्रै आफु कमजोर भएको कुरा भन्न नसकेर प्रतिपक्षिलाई आक्षेप लगाएको आरोप लगाए।

    हेर्नुहोस थापासंग सुनौलो नेपालले गरेको कुराकानी:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend