logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • गीति एल्बम ‘कृशा’को लोकार्पण

    गीति एल्बम ‘कृशा’को लोकार्पण

    2.4K
    Shares

    फागुन १६ काठमाडौं: गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा गत सोमबार एक कार्यक्रमबीच एल्बमको लोकार्पण गरिएको हो ।

    युथ क्रियशन म्युजिकको आयोजनामा भएको कार्यक्रममा रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा सङ्गीतकार सङ्घका उपाध्यक्ष महेश खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

    प्रमुख अतिथि सहित बरिष्ठ सङ्गीतकार राजु सिंह, चलचित्र विकास बोर्डका पुर्व सदस्य उत्तम केसी, चलचित्र पत्रकार सङ्घ नेपालका उपाध्यक्ष गीता अधिकारी, गीतकार सङ्घ नेपालका पूर्व उपाध्यक्ष भरत बमजन, युथ क्रियशन म्युजिकका अध्यक्ष रमेश थापा, गायक कमल घले, गायक तथा सङ्गीतकार ताराप्रकाश लिम्बु लगायतले एल्बम लोकार्पण गरेका थिए ।

    शुसिला पौडेल, राज खडका, आशुतोष राई, ताराप्रकाश लिम्बु, गोपी दाहाल, विनोद खुम्बुको शब्द रहेको एल्बमका गीतमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, राज खड्का, विनोद खुम्बु र आशुतोष राई को सङ्गीत रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend