फागुन १६ काठमाडौं: थाईल्याण्डमा जारी एसीसी टी२० ईस्टर्न रिजन अन्तर्गत १५५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ। कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन्। ओपनर कुशल मल्ल र पूर्वकप्तान पारस खड्का सुरुवातमै आउट भएका थिए।
अहिले नेपाल १४ ओभरमा ९० रन बनाएको छ।
यसअघि टस जितेर ब्याटिंग गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १५५ रन बनाएको हो।
नेपालका लागि सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । उनले ३ विकेट लिए।
लामिछाने टि-२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। सन्दिपको विकेट संख्या १०१ पुगेको छ।
नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको सबैभन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ ।