फागुन १६ काठमाडौं: थाईल्याण्डमा जारी एसीसी टी२० ईस्टर्न रिजन अन्तर्गत नेपाल मलेसियासंग २३ रनले पराजित भएको छ। १५५ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य पुरा गर्न सकेन।
नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउन पुग्यो।
टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियाे । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा अविनाश बोहोराले २ तथा करण केसीले एक विकेट लिए ।
लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । लामिछाने टि-२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। सन्दिपको विकेट संख्या १०१ पुगेको छ।
नेपाल मलेसियासंग ११ बर्षपछि पराजित भएको हो।