logo

२०८१ कार्तिक २४ शनिबार

logo
  • शनिबार, २४ कार्तिक २०८१
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक

    1.2K
    Shares
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पदाधिकारी बैठक बोलाएका छन् ।
    रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव गणेश साहले जानकारी दिए ।

    उनका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने भएको छ । ‘खासगरी विधान सम्मेलनको तयारी, रुपान्तरण अभियानको समिक्षाका लागि अध्यक्षज्यूले बैठक बोलाउनुभएको छ । राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल हुन्छ’ उनले भने ।

    भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend