२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउन दिने र नदिने पक्षबीच झडप भएको हो ।

शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो ।

कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेपछि झडप भएको हो ।

मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् । पहिचान पक्षधरहरुले पाथीभरालाई मुकुम्लुङका नाममा आस्थाका साथ मान्दै आएका छन् । केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै आएका छन् ।

अर्काथरिले भने प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज र ताप्लेजुङ्गको पर्यटकीय महत्व बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट