logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सुदूरपश्चिम सरकारको पर्यटन संयोजकमा डोटीका पर्यटन व्यवसायी शाही नियुक्त

    सुदूरपश्चिम सरकारको पर्यटन संयोजकमा डोटीका पर्यटन व्यवसायी शाही नियुक्त

    959
    Shares
    सुदूरपश्चिम सरकारको पर्यटन संयोजकमा डोटीका पर्यटन व्यवसायी शाही नियुक्त

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन संयोजकमा अमरबहादुर शाहीलाई नियुक्त गरिएको छ ।

    डोटीको शिखर नगरपालिका–२ का पर्यटन व्यवसायी शाहीलाई प्रदेश सरकारले गर्ने लगानी तथा विकास सम्मेलन सफल पार्न राष्ट्रिय तथा पर्यटन व्यवसायीहरुसँग समन्वयका लागि पर्यटन संयोजक पदमा मनोनयन गरिएको हो ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्रीको संयोजकत्वमा रहेको कार्यकारी समिति अन्तर्गत रहने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरुसँग समन्वयका लागि पर्यटन व्यवसायी शाहीलाइ पर्यटन संयोजक पदमा मनोनीत गर्नु भएको हो ।

    ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको कार्यकारी समितिको अन्तर्गत रहने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरुसँग समन्वयका लागि तपाईलाई पर्यटन संयोजक पदमा तपाईलाई मनोनयन गरिएको छ’, मुख्यमन्त्री शाहले शाहीलाई प्रदान गरेको मनोनयन पत्रमा अगाडि भनिएको छ, ‘यहाँको अनुभव, विज्ञता र अन्तर्राष्ट्रिय सम्बन्धका माध्यमबाट लगानी तथा विकास सम्मेलनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सहित हार्दिक बधाई छ ।’

    पर्यटन व्यवसायी शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरुसँग समन्वयका लागि पर्यटन संयोजक पदमा मनोनयन गरेकोमा सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद दिदै आफ्नो अनुभव, विज्ञता, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन सफल पार्न सदुपयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

    प्रदेश सरकारले सुदूरपश्चिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने उद्देश्यले आउँदो फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्दैछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend