काठमाडौं । ट्याक्सी चालक नबिन सिग्देलले आफ्नो ट्याक्सीमा छुटेको १३ तोला सुनसहित ल्यापटप, महत्वपूर्ण कागजात र लत्ताकपडा सकुसल फिर्ता गरेका छन् ।यात्राका क्रममा आफ्नो ट्याक्सीमा १३ तोला सुनसहितका सामग्री छाड्ने यात्रुलाई चालकले प्रहरीमा सम्पर्क गरेर फिर्ता गरेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुन्धाराका लक्की रिमालले थापाथलीस्थित नर्भिक अस्पताल नजिकैसम्म यात्रा गर्ने क्रममा ट्याक्सीमा सामान छोडेका थिए ।
बा २ ज ४०७१ नम्बरको ट्याक्सीका चालकले सिग्देलले आफैले प्रहरीलाई सम्पर्क गरेर सामान फिर्ता गरेका थिए । त्यसपछि प्रहरीले सामान धनी रिमाललाई बोलाएर चालक सिग्देलसँग सम्पर्क गराएर सामान फिर्ता गराएकोमा सामान भेटिएपछि खुसी हुँदै रिमालले सिग्देललाई ‘सुनको सिक्री’ उपहार दिएका थिए ।