फागुन २० काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भोलि (बुधबार) बिहान ९ बजेदेखि हुने भएको छ। त्रिवि शिक्षण अस्पतालमा ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेका हुन्।
प्रत्यारोपणको तयारीका लागि ओलीको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम सकिएको छ चिकित्सकले बताएका छन्।
प्रधानमन्त्री ओलीलाई समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिँदै छिन। जसका लागि ओली र समीक्षा दुवैजना सोमबार नै अस्पताल भर्ना भैसकेका छन्।
ओलीले यसअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए।