logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी

    प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी

    1.6K
    Shares
    प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।

    कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हरायो । एफीएफले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ५ बलमा १ सय ५२ रनमा अल आउट भयो । बाग्मतीका कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो । एपीएफका सन्दीप जोराले शतक बनाए । जोरा १ सय १७ बलमा १ सय १२ रन बनाएर आउट भए । बाग्मतीका सूर्य तामाङले ३ तथा प्रतिस जीसी र रिजन ढकालले समान ३ विकेट लिए ।

    यस्तै आजै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य कर्णालीले ३३ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । कर्णालीका हिमांशु शाहीले ५३ रन बनाए । गण्डकीका अंकित न्यौपानेले २ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनायो । गण्डकीका अमृत गुरुङ र कमल परियारले सर्वाधिक समान २१ रन बनाए । कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान २ विकेट लिए ।

    यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष ४ टोलीले ‘इलिट ट्रफी’ पनि खेल्न पाउने भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend