logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि वागमतीको सहज जित

    प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि वागमतीको सहज जित

    945
    Shares
    प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि वागमतीको सहज जित

    काठमाडौँ । ओपनर आशुतोष घिरैयाको सतकप्रेरित वागमती प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रवार कोशी प्रदेशमाथि जित निकाल्यो ।

    वागमतीले कोसीमाथि ६४ रनको जित निकाल्दै जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा वागमती दिएको दुई सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा दुई सय ९ रनमा अलआउट भयो । कप्तान अंकित सुवेदी र सुजन थपलियाले अर्धशतक बनाए पनि जित निकाल्न सकेनन् । अंकितले ५३ रन र सुजनले ५९ रनको योगदान दिए । अंकितले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । सुजनले ७६ बलमा चार चौका र तीन छक्का हिर्काए ।

    आइस भट्टराई ३२ रनमा अविजित रहँदा ओपनर सोनु अन्सारीले २१ रन जोडे । त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा रहन सकेनन् । वागमतीको बलिङमा ईसान पाण्डले पाँच विकेट लिँदै कोशीको इनिङ धराशायी बनाए । सूर्य तामाङले दुई तथा रिजन ढकाल र प्रतिक श्रेष्ठले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वागमतीले ४८.३ ओभरमा दुई सय ७३ रनको योगफल बनाएको थियो । वागमतीका ओपनर आशुतोषले एक सय १८ रनको शतकीय योगदान गरे । १११ बलमा उनले १६ चौका र दुई छक्का प्रहार गरे ।

    कप्तान रित गौतमले ४९ रन, रविन जोशीले ४३ रन र प्रतीक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आसुतोष र रितले एक सय ३१ रनको साझेदारी गरे । रितले ६० बलमा तीन चौका तथा रविनले ४५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कोसीको बलिङमा अभ्यास तिमिल्सिनाले तीन विकेट तथा हेमन्त राई र कमल खत्रीले समान दुई तथा फ्रिर्दोश अन्सारीले एक विकेट लिए । यो हारसँगै कोसीले जारी प्रतियोगितामा पाँच खेलको नतिजा सुम्पिन पुग्यो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend