काठमाडौँ । नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ।
नेपाल ‘ए’ टिमले आइतबार (फागुन ६ गते) क्यानडाविरुद्ध तीन खेलको सिरिजको पहिलो खेल खेलिसकेको छ। पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।
दोस्रो खेल मंगलबार बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा सुरु हुँदैछ। सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन्।