काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।
नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । नेपाल आज जितको दाउमा रहेको छ ।