logo

२०८१ मंसिर १८ मंगलबार

logo
  • मंगलबार, १८ मंसिर २०८१
  • हाम्रो उद्देश्य बागलुङ नगरपालिकालाई देशकै उत्कृष्ट नगर बनाउने हो : मेयर श्रेष्ठ (अन्तर्वार्ता)

    हाम्रो उद्देश्य बागलुङ नगरपालिकालाई देशकै उत्कृष्ट नगर बनाउने हो : मेयर श्रेष्ठ (अन्तर्वार्ता)

    7K
    Shares
    हाम्रो उद्देश्य बागलुङ नगरपालिकालाई देशकै उत्कृष्ट नगर बनाउने हो : मेयर श्रेष्ठ (अन्तर्वार्ता)

    वसन्तकुमार श्रेष्ठ २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बागलुङ नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।  उनले मेयरको जिम्मेबारी सम्हालेको २० महिना बितिसकेको छ । बागलुङसँग धेरै सम्भावनाहरु भएकाले यसलाई अवसरमा बदल्न र जनताको चाहानाअनुसार चुनावमा गरेका प्रतिबद्धतालाई मेयर श्रेष्ठले कार्यान्वयन गरिरहेका छन् । यस अवधिमा धेरै नयाँ योजना कार्यान्वयन गर्ने तयारीमा उनी छन् । बागलुङ नगरपालिकालाई मुलुककै उत्कृष्ठ नगरपालिका बनाउने उनको योजना लिएर अघि बढेका मेयर श्रेष्ठसँग सुनौलो नेपालका लागी मोहराज पौडेलले गरेको कुराकानी

    मेयरमा निर्वाचित भएको डेढ वर्ष भयो । तपाईलाई कस्तो अनुभव भइरहेको छ ?

    यो २० महिनामा हामीले पूर्वाधार, सामाजिक विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै कामको सुरुवात गरिसकेका छौं । बागलुङसँग धेरै सम्भावनाहरु भएका कारण यसलाई अवसरमा बदल्न लागिपरेका छौं । जनताको चाहानाअनुसार काम गरिरहेका छौं । हामीले घोषणापत्रमा उल्लेख भएका तथा चुनावमा गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरिरहेका छौं ।

    सबैभन्दा महत्वपूर्ण विकासका पूर्वाधारलाई जनताले कसरी हेरिरहेका छन भन्ने हुँदो रहेछ । हामीले मानसिक विकास तथा मानविय संवेदनका कुराहरुमा बढी जोड दिएका छौं । नगरपालिका जनताको चेतना स्तर बढाउन लागिपरेको छ । हामीले वर्तमान परिस्थितिमा बागलुङमा आवश्यक खानेपानी, बिजुली र सञ्चारको क्षेत्रमा विशेष जोड दिईरहेका छौँ ।

    बागलुङका जनतालाई विशेष गरी सडक स्तरोन्नती गरेर घर अघिसम्म जान सक्ने वातावरण सिर्जना गरी गाउँको उत्पादनलाई बजारसम्म पुर्याउन नगरपालिकाका १४ वटा वडामै सडक पूर्वाधार बनाउन पहल गरिरहेका छौं । मलाई लाग्छ, त्यो किसिमको जग हामीले अहिले बसालेका छौं र अबको २ वर्षमा हामीले हरेक वडाबाट नगर बस सञ्चालनका लागि सबै जनप्रतिनिधी प्रतिबद्ध भई लागेका छौं ।

    जब हामीले गाउँको उत्पादनलाई बजारसम्म लगेर बजारका मानिसलाई गाउँसम्म ल्याउने वातावरण सिर्जना र्गछौँ तब मात्र नगरपालिकाले विकासको अर्थ राख्छ । राज्यले २०८७ सालसम्म ७ सय ५३ वटै स्थानीय तहलाई बालमैत्री बनाउन लागेको छ । त्यो कार्यक्रमलाई हामीले प्रभावकारी रुपमा अघि बढाएका छौं । नगरसभाको पहिलो बैठकबाट बालबालिकाको भविष्यका लागि बालमैत्री स्थानीय शासन युक्त नगरपालिकाको परिकल्पना गरेर प्रभावकारी रुपमा अघि बढाई २०८१ पुसभित्र बालमैत्री शासन युक्त नगरपालीका घोषणा गर्नतर्फ अग्रसर छौं । जनतालाई सेवा सुविधा लिन सहज होस भन्ने उद्देश्यले यही आर्थिक वर्षबाट नगरपालिकामा तिर्ने सम्पत्ति र राजस्व कर अनलाईन वा वडाबाटै तिर्ने व्यवस्था गरेका छौं ।

    गण्डकी प्रदेशको पोखरा महानगरपालिका पछि सबैभन्दा बढि सम्भावना बोकेको ठुलो नगरपालिकाको रुपमा स्थापित बागलुङ बजार व्यापारिक थलो हो । त्यसैले सुन्दरता र व्यवसायको हिसाबले यो नगरपालिकालाई बढी आकर्षित र व्यवसायीक केन्द्र बनाउन हामी लागिपरेका छौँ । मापदण्डअनुरुप बनेका घरहरु भत्काउन नसके पनि फुटपाथलाई व्यवस्थित गरेर सडक चौडा गरेका छौं । त्यसमा आम जनसमुदायले अत्यन्त सहयोग गर्नु भएको छ । हामीले बिना दुविधा सडक पेटिमा राखेका समानहरु हटाउने कार्य पनि सम्पन्न गरेका छौं । पहिलो पटक बागलुङमा फुटपाथ सहितको सडकको परिकल्पना गरेर सडक निर्माण गरेका छौं ।फुटपाथ निर्माण गर्दा काठमाडौंकै शैलीमा डोजर चलाएको, व्यवसायीलाई वैकल्पिक बाटो नदिएको र घर बाहिर पनि केही समान राख्न ।

    गण्डकी प्रदेशको पोखरा महानगरपालिका पछि सबैभन्दा बढि सम्भावना बोकेको ठुलो नगरपालिकाको रुपमा स्थापित बागलुङ बजार व्यापारिक थलो हो । त्यसैले सुन्दरता र व्यवसायको हिसाबले यो नगरपालिकालाई बढी आकर्षित र व्यवसायीक केन्द्र बनाउन हामी लागिपरेका छौँ । मापदण्डअनुरुप बनेका घरहरु भत्काउन नसके पनि फुटपाथलाई व्यवस्थित गरेर सडक चौडा गरेका छौं । त्यसमा आम जनसमुदायले अत्यन्त सहयोग गर्नु भएको छ ।

    नदिएको भनेर जनता आक्रोसित देखिएका थिए । कसरी मिलाउनु भयो ?

    अवश्य हो, केही न केही नयाँ काम गर्दा त्यसमा अवरोधहरु आउँछन । त्यसले गर्दा हामीले नागरिकलाई कति बुझाउन सक्यौैं भन्ने महत्वपूर्ण कुरा हो । हामिले डोजर चलाउँदा कतिपय ठाउमा बल प्रयोग गर्नुपर्ने स्थिती पनि आयो । तर, हामीले बनाउन खोजेको संरचना कस्तो हो ? भनेर देखाउदै गर्दा आमनागरिक ‘कन्भिन्स’ भएको अवस्था छ । हामीले अब बजार क्षेत्रलाई पूर्ण रुपमा फुटपाथ सहितको सडकको परिकल्पना गरेका छौं ।

    सहरमा पनि सुन्दरता भईसकेकाले जनताहरु पनि कन्भिन्स भएका हुन् ?

    हजुर, कन्भिन्स भएका छन् । अहिले हामीले बागलुङका मुख्य सडकहरुलाई विशेष गरेर प्राथामिकतामा राखेका छौं । साइडका बाटोलाई सडक पेटीहरु भत्काउदैं कतिपय ठाउँमा ढलान गर्नुपर्ने, कतिपय ठाउँमा कालोपत्रे गर्नुपर्ने र नाली निर्माण गर्नुपर्ने कार्यलाई अगाडि बढाई राखेका छौं । यो कार्यक्रम अत्यन्त प्रभाकारी रुपमा अगाडि बढेको छ ।

    तपाईंले बागलुङ बलेवातिर त्यति ध्यान दिनुभएन भन्ने गुनासो छ नि, के भन्नुहुन्छ ?

    त्यो होइन, बलेवा बागलुङको बजार पछि सबैभन्दा सम्भावना बोकेको क्षेत्र हो । त्यसमा पनि विशेष गरेर नारायणथान, पैंयुबाट अमला छेउ यी तीनवटा वडालाई बलेवा क्षेत्रको रुपमा लिने गरेका छौं । त्यहाँ अत्यन्त ठुलो सम्भावना छ । किनभने देशकै गौरबको योजना कालिगण्डकी करिडोर त्यही बनिरहेको छ । एयरपोर्ट रहेको छ । एयरपोर्ट मोटर चल्ने राम्रो बाटो नभएकोले एकदम प्रभावकारी बनेको छ । त्यो ५ लाख जनताले नै श्रमदान र कुटो कोदालो गरेर बनाउनु भएको हो ।

    अहिले एयरपोर्ट पक्की बनेको छ । नगरपालिकाको समथर, उत्पादनशील र पहाडी भुभागदेखि लिएर एकदमै सम्भावना बोकेको क्षेत्र हो । शिक्षा क्षेत्रमा पनि धेरै अगाडि बढेको छ । त्यसैले गर्दा हामीले बलेवा क्षेत्रका १२, १३ र १४ नम्बर वडा जोडेर अलिकती राम्रो र प्रभावकारी बाटो बनाउन पहल गरीराखेको छौं ।

    हेर्नुहोस् भिडियो कुराकानी

    मलाई लाग्छ यसै महिनाको अन्तिमसम्म त्यसको टुंगो लाग्न सक्छ । यदि भयो भने हामी १४ वटा वडाको बाटो पक्की बनाउछौं । तर, बलेवा क्षेत्रमा अहिले पनि पिच भएका धेरै बाटोहरु छन । बलेवाको मुल बाटोमा ठुलो पहिरोहरु छन । त्यो पहिरोको व्यवस्थापन गर्न हामी लागिरहेका छौं । प्रदेश सरकार, संघीय सरकार र अन्य दाताहरुसँग माग पनि गरिराखेका छौं । यदि त्यो पहिरोलाई मात्र व्यवस्थापन गर्न सक्यौं भने अवश्य पनि हामी सफल हुन सकिन्छ ।

    एकदमै जोखिमपूर्ण छ भन्नुभयो । त्यो पहिरोको वैकल्पिक मार्ग छैन ?

    एकदम जोखिमपूर्ण नै छ । त्यसलाई दीर्घकालीन रुपमा हामीले व्यवस्थापन गर्न जरुरी छ । त्यसले गर्दा नगरपालिकाको बजेटले मात्र पहिरो नियन्त्रण गर्न सम्भव छैन । त्यसको विकल्पको रुपमा हामीले कालिगण्डकीमा नयाँ पुल राखेर हुन्छ अथवा त्यही पहिरोलाई नियन्त्रण गरेर हुन्छ त्यो विषयमा हामी लागिराखेकै छौं ।  सबैभन्दा महत्वपूर्ण अहिलेको प्राथमिकता त्यही पहिरो व्यवस्थापन गर्नु हो ।

    अब बलेवाको ऐतिहासिक एयरपोर्टको कुरा गर्नु भयो । जनताले श्रमदान गरेर बनाएको । अघिल्लो नगरप्रमुखले घाटा भयो भने हामी व्यहोर्छौं भनेर केही समय जहाज चलाएका थिए । अहिले बन्द भएको छ । अहिले नगरपालिकाले जहाज चलाउन किन छोड्यो ?

    यो जहाज सञ्चालन ल्याउनु भनेको सबैभन्दा पहिलो कुरा जनतालाई बाटोको सहजता दिनु हो । त्यो बाटो बलेवा सम्म पुग्नलाई १५ मिनेटमा गाडी चलाएर पुगेको भए सायद त्यो एयरपोर्ट सञ्चालनमा आउथ्यो होला ।

    अहिले बलेवासम्म जानलाई कच्ची बाटो भएको हुनाले झण्डै १ घण्टा लाग्छ । त्यो एक घण्टामा हामी पोखरा आईपुगिन्छ । त्यो कालिगण्डकी करिडोर सञ्चालन भयो भने बलेवा एयरपोर्ट सञ्चालन हुन सक्छ । अब यसमा अरु विकल्प हरु पनि छन् ।  जस्तैः अल्ट्रालाइट, प्याराग्लाइडिङ, पाइलट टे«निङदेखि लिएर त्यसलाई काठमाडौं, पोखराबाट आएका जहाजको जोमसोम जान ट्रान्जिट पोइन्टको रुपमा विकास गर्न सकिन्छ । त्यसैगरी क्षेत्रिय रुपमा बुटवल, चितवन तथा काठमाडौंमा जहाज सञ्चालन गर्न सकिन्छ । तर, हामीले अहिले पोखरा र बागलुङलाई मात्रै ‘टार्गेट’ गरेर जाने हो भने नगरपालिकालाई खर्च धान्न अलि गारो हुन्छ । त्यसले गर्दा एयरपोर्ट सञ्चालन गर्न दीर्घकालिन भिजन र व्यवस्थापनका साथ जानुपर्छ भन्ने मलाई लाग्छ ।

    अहिले बलेवासम्म जानलाई कच्ची बाटो भएको हुनाले झण्डै १ घण्टा लाग्छ । त्यो एक घण्टामा हामी पोखरा आईपुगिन्छ । त्यो कालिगण्डकी करिडोर सञ्चालन भयो भने बलेवा एयरपोर्ट सञ्चालन हुन सक्छ । अब यसमा अरु विकल्प हरु पनि छन् ।  जस्तैः अल्ट्रालाइट, प्याराग्लाइडिङ, पाइलट टे«निङदेखि लिएर त्यसलाई काठमाडौं, पोखराबाट आएका जहाजको जोमसोम जान ट्रान्जिट पोइन्टको रुपमा विकास गर्न सकिन्छ ।

    तत्काललाई त्यहाँ जहाज उडाउने सम्भावना देखिन्न ?

    जति सक्दो छिटो पहिले सडक बनाउने त्यसपछि निजी कम्पनी वा सरकारी ध्वजावाहक कम्पनीसँग समन्वय गरेर फिक्स समयमा उड्ने, फिक्स समयमा जनतालाई सेवा सुविधा दिएर जनताको मन जित्न सकियो भने मात्र त्यो सम्भव छ । नत्र एक दुई घण्टा अथवा एक दुई दिन नै पर्खिनु पर्ने अवस्था आयो भने त्यसले अर्काे दुर्घटना निम्त्याउँछ ।

    यसले गर्दा यो विषयमा अत्यन्त गम्भिर रुपमा सोचेर अघि बढ्न जरुरी छ । हामीले त्यही किसिमले अल्ट्रालाइट, प्यारालाइडिङ, पाइलट टे«निङ जस्ता विषयलाई गम्भिर रुपमा हेरेका छौं ।

    बागलुङ धौलागिरीको सुन्दर नगरी, कालिगण्डकीको काखमा अवस्थित कालिका भगवति मन्दिर, जोमसोम जाने प्रमुख मार्ग त्यसका बावजुद पनि जति पर्यटक पोखरा र जोमसोम जान्छन् तिनीहरुले बागलुङमा ट्रान्जिट बनाउदैनन् ।

    बागलुङले पर्यटक रोक्नका लागि केही पूर्वाधार बनाएन भन्ने गुनासो छ नि ?

    यसमा के छ भने गण्डकी प्रदेशकै पोखरा देशकै पर्यटकीय केन्द्र हो । पोखरा आएका पर्यटकहरुलाई बागलुङसम्म कसरी तान्ने, जोमसोम हिँडेका पर्यटकलाई एक रात भए पनि बाग्लुङमा कसरी बास बसाउने यी कुराहरु सबैभन्दा महत्वपूर्ण हुन् । त्यसैले बागलुङसँग अत्यन्त सम्भावनाहरु छन । हामीसँग कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग यी दुई वटा देशकै गौरवका योजनामा बनिरहेका छन । यी दुईवटा मार्गलाई चिर्दै गर्दा भारतको सीमादेखि लिएर चीनको बोर्डरसम्म चिरीरहेको छ ।

    त्यसैगरी मध्यपहाडी लोकमार्गले सबैभन्दा लामो १ सय ३५ किलोमिटर सडक बागलुङलाई चिरेर गएको छ । त्यसैले गर्दा बागलुङ व्यवसायीक र पर्यटकीय केन्द्र बन्न सक्छ । अहिले पनि कालिका भगवती मन्दिर , पञ्चकोट धाम, शालिग्राम संग्रहालय तथा धेरै पर्यटकीय स्थलहरु रहेका छन । बागलुङ आफैमा निकै सुन्दर छ र पर्यटकीय सुन्दरताले भरीपूर्ण छ ।

    ढोरपाटन एउटा मात्रै नेपालको सिकार आरक्षण क्षेत्र छ । त्यसैगरी कालिगण्डकी उत्तरगंगा नदी, दोरम खोलादेखि लिएर बाइसे चौबिसे राज्य बेलाका राजाका दरबारहरु छन । जहाँ तामा खानी, फलाम खानी र सिसा खानी सम्बन्धि पुरातात्विक अवशेषहरु छन । यी कुराहरुलाई उत्खनन गर्ने कुराहरु परापूर्व कालमा गरेका कुरालाई हामीले कसरी देखाउन सकिन्छ भन्ने विषयमा चिन्तन हुन जरुरी छ । हामीसँग भएका कला, संस्कृतीलाई जगेर्ना गरेर पर्यटकलाई आकर्षित गर्ने विषयमा चिन्तन लिन जरुरी छ ।

    जहाँ तामा खानी, फलाम खानी र सिसा खानी सम्बन्धि पुरातात्विक अवशेषहरु छन । यी कुराहरुलाई उत्खनन गर्ने कुराहरु परापूर्व कालमा गरेका कुरालाई हामीले कसरी देखाउन सकिन्छ भन्ने विषयमा चिन्तन हुन जरुरी छ

    यो विषयमा हामीले बेला बेलामा यो विषयमा बोल्ने तथा आवाज उठाउने काम गरिराखेकै छौं । पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ चारवटै जिल्लालाई छोएर ढोरपाटनसम्म जाने रोड बनाउन जरुरी छ । त्यसैगरी रिङरोडको रुपमा अवधारणा विकास गर्नुपर्छ । जस्तैः बागलुङबाट छिरेको मान्छे एउटै समयमा एउटै खर्चमा चार वटा जिल्ला सहज रुपमा भ्रमण गर्न पाउछ ।

    त्यो विषयमा जानकारी गराउन जरुरी छ । त्यसले गर्दा वान ओए सिस्टम हुनुपर्छ । पर्वत हुदै म्याग्दी हुदै जोमसोम गईसकेपछि फेरी फर्केर म्याग्दी हुदैँ बागलुङ भएर फर्किने अथवा बागलुङ हुदै प्रवेश गरेका पर्यटक बागलुङ हुँदै म्याग्दी हुदै जोमसोम गएर फेरी म्याग्दी र पर्वत हुँदै फर्किने गरेर यो सिस्टमले गइयो भने एउटा पर्यटकले एउटै समयमा उसले आफ्नो समय व्यवस्थापन र आर्थिक व्यवस्थापनमा एकैपटक धौलागिरी अञ्चलका विगतका चारवटा जिल्लालाई सहज रुपमा भ्रमण गर्न सक्छ ।

    हामीसँग विश्वकै सबैभन्दा लामो पुल तथा हजार बढी पुलहरु रहनुका साथै झोलुङे पुलको जिल्ला नै भनेर चिनिन्छ । त्यसपछि विश्वकै दोस्रो अग्लो बन्जीजम्प बागलुङ र पर्वतको सीमानामा कालिगण्डकीमै रहेको छ । त्यसैगरी धार्मिक पर्यटन स्थलका लागि मुक्तिनाथ दामोदरकुण्ड, गलेश्वरधाम, कालिका भगवती मन्दिर, पञ्चकोट र गुप्तेश्वर गुफा यि चारवटै ठाउँमा एकदम सम्भावना बोकेका शक्तिपिठहरु छन् ।

    तपाईंले भने जस्तो ढोरपाटन शिकार आरक्षण क्षेत्रसम्म जाने पर्यटकहरु उताबाट सिधै पोखरा आउने बागलुङमा नबस्ने त्यहाँ पूर्वाधार निर्माण नभएर हो की होटलहरु राम्रा नभएर हो ?

    त्यसमा केही होटलका कुराहरु पनि छन । ढोरपाटन शिकार आरक्षण क्षेत्रको विषयमा शिकार गर्ने कुरा छ, यसमा बहस गर्ने हो भने झण्डै दुई तीन घण्टा लाग्छ । यो सगरमाथा आरोहणपछिको दोस्रो सबैभन्दा महंगो पर्यटन हो । यसमा धेरैजसो शिकार खेल्न विदेशीहरु मात्रै आउँछन् र उनीहरु धेरैजसो हेलिकप्टरबाट आउने जाने गर्छन् ।

    हामीले बागलुङलाई सुन्दर र विकास गर्ने कुरामा केही अप्ठ्याराहरु पनि छन । सरकारका ऐन कानुन जस्तैः वन ऐनको कारणले गर्दा अत्यन्त गाह्रो भएको छ । झण्डै ७३ प्रतिशत भु–भाग बागलुङमा वनले ओगटेको छ । आज हामीले जति पनि काम गर्न खोज्यौं त्यो वनको कारणले गर्दा अप्ठ्यारो परेको छ । आज बागलुङ नगरपालिकाको सबैभन्दा महत्वाकांक्षी योजना भुमिगत ढल व्यवस्थापनको कुराहरुमा जग्गा प्राप्तिको लागि हामी लडिरहेको छौं ।

    भनेपछि यसमा वन वाधक हो ?

    वनले स्विकृती दिएता पनि त्यसको प्रक्रिया अत्यन्त लामो र झन्झट छ । बागलुुङ नगरपालिकाको आफ्नै किसिमको सचिवालय व्यवस्थापन गर्न सकिराखेका छैनौं ।

    बस्न त बसिराखेका छौं तर, त्यो किसिमको पूर्वाधारको आधारमा बनाउन सकिएको छैन । त्यसैगरी फोहोर व्यवस्थापन तथा कालिगण्डकीबाट विद्युत निकाल्न त्यसमा हामी प्रतिबद्ध छौं । राज्यको प्रत्येक वर्ष न्युनतम दुई तीन अर्ब रुपैयाँ दिनदिनै पानिमा बगेर गइरहेको छ । कालिगण्डकीबाट गिट्टी, ढुुङ्गा, बालुवा र रोडा निकाल्नको लागी सर्वाेच्च अदालतबाट अन्तरिम आदेश जारी भएको छ । यसले गर्दा ४० वटा स्थानीय तहलाई घाटा हुनुका साथै दुर्घटना निम्त्यारहेको छ ।

    जुन खोलाको बगरको कारणले जमिन भन्दा माथि उठ्दा पानि भरिंदै आएको छ । यहि कारणले जोमसोममा त्यति ठुलो क्षति भयो । बागलुुङ नगरपालिकाको औद्योगिक ग्राम भनेर राखिएको ९५ रोपनी जग्गा झण्डै ४० रोपनी कालिगण्डकीले धार परिवर्तन गरेर लगिसकेको छ । यसले गर्दा हामीले तरकारी बजारदेखि लिएर विभिन्न ठाउँमा माछा,मासु काट्ने ठाँउ, फोहोर व्यवस्थापन तथा औद्योगिक ग्रामका लागी जग्गा प्राप्त गर्न समस्या छ । अहिले हामीले ७ सय ५३ वटा स्थानीय तहमा सबैभन्दा पहिला नयाँ अवधारणाको रुपमा डग होस्टेलको अवधारणा ल्याएको छौं । बजार क्षेत्र वा सबै ठाउँमा ५ सय कुकुर आतंक छ ।

    अहिले हाम्रो डाटामा २ वर्षमा नगरपालिकाभित्र बजार क्षेत्रमा मात्र करिब १९ सय मानिसलाई टोकिसकेको छ । भुस्या कुकुरलाई व्यवस्थापन गर्न एकदम चुनौती छ । यसलाई व्यवस्थापन गर्न चिडियाखानाको रुपमा विकास गर्नुपर्छ भन्ने उद्देश्य हाम्रो हो । कुकुरलाई माया गर्ने मान्छेले त्यहाँ आएर दान गर्छ, कसैले खोर बनाइदेला, कसैले एउटा कुकुरलाई एडप्ट गर्न सक्छ । त्यही भएर हामीले चार पाँच सय कुकुरलाई व्यवस्थित गर्न डग होस्टेल निर्माणका लागी पहल गरिरहेका छौं ।

    अहिले हाम्रो डाटामा २ वर्षमा नगरपालिकाभित्र बजार क्षेत्रमा मात्र करिब १९ सय मानिसलाई टोकिसकेको छ । भुस्या कुकुरलाई व्यवस्थापन गर्न एकदम चुनौती छ । यसलाई व्यवस्थापन गर्न चिडियाखानाको रुपमा विकास गर्नुपर्छ भन्ने उद्देश्य हाम्रो हो । कुकुरलाई माया गर्ने मान्छेले त्यहाँ आएर दान गर्छ, कसैले खोर बनाइदेला, कसैले एउटा कुकुरलाई एडप्ट गर्न सक्छ ।

    र टिकट सिस्टम बनाई देशभरीका मान्छे आएर त्यहा कुकुर कसरी पालिरहेको छ, त्यसको संरक्षण कसरी गरिरहेको छ भन्ने सन्देश दिन लागिपरेका छौं । त्यसबाट हामीले कुकुर बिक्री गरेर उचित लाभ लिनुका साथै छाडा कुकुरको व्यवस्थापनमा उल्लेखनिय भूमिका निर्वाह गर्न सक्छौं । हामीलाई प्रदेश सरकारले ६५ लाख रुपैया सहयोग गरेको छ । यसका लागि बृहत योजना भएको हुनाले ठुलो ठाउँ चाहिने भएकोले एक्सनमा जाँदै छौं । एउटा नमुना तरिकाले यसलाई अगाडि बढाएका छौं । यसमा कुकुर राखेर ति भित्रै खानपिन, लालनपोषण, टे«निङ, नचाउने, खेलाउने सबै कुरा कसरी गरिदोरहेछ त भनेर प्रत्याभूति बनाउँदै छौं ।

    नगरपालिकाभित्र प्रत्येक वर्ष छाडा कुकुरलाई अप्रेशनको क्याम्प सञ्चालन गरेका छौं । यो वर्ष अस्ति भर्खरै ३०० घरपालुवा वा छाडा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिसकेका छौं । अब कुकुरको उत्पादनलाई कमी गरेर व्यवस्थित तरिकाले पालन पोषण गर्न जरुरी छ । अहिले नेपालमा फोहोर र कुकुर व्यवस्थापनको समस्या प्रत्येक नगरमा जटिल समस्याको रुपमा देखिएको छ । बागलुङलाई हामीले कुकुररहित नगरको परिकल्पना गरेर अगाडि बढेका छौं ।

    आज मानवसेवा आश्रममा झण्डै झण्डै सयौं मानवहरु हुनुहुन्छ । हामीलाई मानवसेवा आश्रमले पनि सहयोग गरिराखेको छ । हामीले पनि सहयोग गरिराखेका छौं । अहिले बागलुङ बजारका सडकमा सडक मानवहरु छैनन् र कुकुरलाई पनि त्यो किसिमले व्यवस्थापन गरेर अगाडि बढिराखेका छौं ।

    नगरकी छोरी नयाँ कार्यक्रम ल्याउनु भएको छ, यो कस्तो कार्यक्रम हो ?

    नगरकी छोरी भन्ने कस्तो कार्यक्रम हो भने जेष्ठ नागरिक र अपांग भत्ता राज्यले व्यवस्था गरेको छ । त्यो भत्ता हामीले मासिक रुपमा ५ हजार रुपैयाँका दरले हामीले दिने गरेका छौं । एउटा छोरीलाई जन्मिदै ५ हजार रुपैयाँ दिएका छौं । हामीले ६५ वर्ष उमेरमा दिने वृद्धा भत्ता छ ।

    भनेपछि ६५ वर्ष पुगेपछि मात्र नगरपालिकाले भत्ता दिन्छ ?

    होइन हामीले जन्मिदै गर्दा खेरी नगरपालिकाको सम्पूर्ण सीमा रेखाहरु पुरा गरेर उसले जन्मदर्तादेखि लिएर सबै बनाउनु पर्छ । त्यसमा फेरी आफ्नो परिवारको तर्फबाट थप गर्न सकिन्छ ।

    हामीले २० वर्षसम्म त्यो पैसा झिक्न नपाईने र गुणात्मक रुपमा कुनै बैंकसँग समन्वय गरेर त्यो फिक्स डिपोजिटमा राख्दिने । जब ति छोरी बालिक हुन्छिन् तब तीनले झिक्न सक्छिन् ।

    ५ हजार राखेको २० वर्षपछि कति भएर निस्किन्छ ?

    ५ हजारको ८० हजार रुपैयाँ जति हुन्छ । तर, हामीले गर्न खाजेको एउटा सकरात्मक सन्देश समाजमा जाने वातावरण सिर्जना गरेको हो । छोरी प्रतिको मान्छेको वितृष्णा, भ्रुण हत्या, पहिले गर्वमा के छ भनेर चेक गर्ने, छोरा र छोरीमा विभेद गर्ने, कम उमेरमा विवाह गरिदिनेदेखि लिएर जुन किसिमका संस्कारहरु छन यो संस्कारलाई केहि रुपमा परिवर्तन गर्नुपर्छ भनेर नगरपालिकाले नगरको छोरी भन्ने कार्यक्रम अगाडी बढाएको हो ।

    यो कार्यक्रमले पैसा भन्दा पनि समाजलाई रुपान्तरण गर्ने सन्देश दिनुका साथै छोरी प्रतिको सम्मान बढ्छ भनेर यो कार्यक्रमलाई प्रभावकारी रुपले अगाडी बढाएका छौं ।

    स्वास्थ्य र शिक्षा क्षेत्रमा नगरपालिकाले के के काम गरेको छ ?

    स्वास्थ्य र शिक्षा क्षेत्रमा हामिले आमुल परिवर्तन गर्न खोजिराखेका छौ । हामी गण्डकी प्रदेशको ८५ वटा पालिकामा ६२ औ स्थानमा थियौं । स्वास्थ्य क्षेत्र भनेको यति महत्वपूर्ण कुरा हो जसमा जनताले स्थानीय सरकारले दिएका सम्पूर्ण सेवा सुविधाहरु प्रभावकारी रुपमा महशुस गर्ने किसिमको होस भन्ने हाम्रो मान्यता हो । त्यसैले पहिलो बैठकबाट हामिले आकस्मिक सेवा सुरु गरेका छौ । आकस्मिक सेवामा बी लेभलको एम्बुलेन्स सेवा, दमकल, शवबाहन र ब्याकलोडर यी ४ वटा सेवा २४ सै घण्टा जनतालाई आवश्यक परेको बेला उपलब्ध गराउछाँै ।

    त्यो बाहेक नगरपालिका क्षेत्रभित्र जति बेला जो बिरामी हुन्छ त्यसलाई एम्बुलेन्स सेवा दिन्छौँ र प्रत्येक घर घरमा गएर जेष्ठ नागरिकलाई उपचारदेखि शिविर सञ्चालन गरेर सबै स्वास्थ्य सेवा दिइराखेका छौं । यि सबै सेवा दिईरहदा ६२ नं. मा रहेको नगरपालिका अहिले १४ नम्बरमा आएको छ । हामी ५ नम्बरले गर्दा दोस्रो हुनबाट चुक्यौं र हाम्रो उद्देश्य पहिलो बनाउने र प्रभावकारी सेवा दिन रहेको छ । बागलुङको धौलागिरी अस्पताल छ त्यसलाई २ सय बेडमा रुपान्तरण गर्ने र बागलुङ नगरपालिकाको नगर अस्पताललाई छिटो भन्दा छिटो सम्पन्न गरेर धौलागिरी अस्पताल बराबर बनाएर स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्ने हाम्रो उद्देश्य रहेको छ ।

    यि सबै सेवा दिईरहदा ६२ नं. मा रहेको नगरपालिका अहिले १४ नम्बरमा आएको छ । हामी ५ नम्बरले गर्दा दोस्रो हुनबाट चुक्यौं र हाम्रो उद्देश्य पहिलो बनाउने र प्रभावकारी सेवा दिन रहेको छ ।

    नगरपालिकाभित्र हरेक नागरिकले बिमा गरेर त्यो सेवा प्राप्त गरोस भनेर बिमाको सुविधालाई अगाडी बढाएका छौं । शिक्षा क्षेत्रमा हामीले बिग स्कुल र लिड स्कुलको अवधारणालाई अगाडी सारेका छौं । नेपालकै सबैभन्दा बढी विद्यालय भएको नगरपालिका स्तरमा बागलुङ पुगेको छ । जसमा १०४ वटा विद्यालय र ९३ वटा इसिडी कक्षाहरु सञ्चालनमा छन ।  हिजो विद्यालयको आवश्यकता थियो । तर, अब विद्यालय बन्द गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ । कतिपय स्कुलमा विद्यार्थी भन्दा शिक्षकहरु बढी छन् ।

    अब यसलाई व्यवस्थापन वा मर्ज गरेर अघि बढ्ने अवधारणा हामी छौं । हामी जनप्रतिनीधि पाँच वर्षमा नेतृत्व परिवर्तन गर्छौं । तर, विद्यालयका प्रधानअध्यापकहरु एउटै स्कुलमा २० वर्षसम्म काम गर्नुभएको छ । यसले गर्दा एउटै विद्यालयमा दिनँहु जाँदा परिवर्तनको आवास नभएको र शिक्षा क्षेत्रमा परिवर्तन गर्छु भन्ने जागर कम भएका कारणले हामीले प्रत्येक पाँच वर्षमा फ्रि प्रतिस्पर्धाबाट प्र.अ.नियुक्त गर्ने अबधारणा लाई अघि बढाएका छौं ।

    त्यसपछि शिक्षकहरु राख्दै गर्दा बढी राजनीती भएका कारणले रोष्टर शिक्षक र एक विद्यालयबाट अर्को विद्यालयमा भ्रमण गराएर पढाउने गरी अतिथी शिक्षक ल्याउने विषयमा पनि हामीले सोचिराखेका छौँ । यो भयो भने केही न केहि फरक हुन्छ भन्ने हेतुले काम गरिराखेका छौं । त्यसपछि प्रत्येक विद्यालयमा बालमैत्री स्कुलको विकासका निम्ति गार्डेनको परिकल्पना गरेका छौँ । विद्यालयका पूर्वाधारका निम्ति बालमैत्री र अपांगमैत्री पूर्वाधारको विकास गरेका छौं । शिक्षा क्षेत्रमा निजी विद्यालय र सामुदायिक विद्यालयको विभेद हटाउन चिन्तित भएर काम गरिसकेको अवस्था छ ।

    शिक्षकहरु राख्दै गर्दा बढी राजनीती भएका कारणले रोष्टर शिक्षक र एक विद्यालयबाट अर्को विद्यालयमा भ्रमण गराएर पढाउने गरी अतिथी शिक्षक ल्याउने विषयमा पनि हामीले सोचिराखेका छौँ

    जुन उत्साहका साथ तपाई नगरप्रमुख भएर आउनु भएको थियो । त्यहि उत्साहका साथ काम गर्ने वातावरण छ कि छैन ?

    वातावरण त नेतृत्वले गराउने हो । मलाई लाग्छ म आइसके पश्चात त्यो वातावरण सिर्जना भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा जनतासँग सहकार्य गर्न जरुरी छ । जहाँ सहकार्य हुँदैन, त्यहाँ जनताको उपस्थिती हुदैन् । त्यहाँ गुणस्तरिय काम पनि हँुदैन । अर्को महत्वपूर्ण कुरा कर्मचारी पनि हो । कर्मचारीहरुलाई आग्रह पूर्वाग्राह बिना हौसला दिएर काम गर्न सक्यांै भने अवश्य पनि काम सफल हुन्छ । मलाई कतिपय कर्मचारीमाथि यति माया लाग्छ कि जुन कर्मचारी बिहान उठ्ने बित्तिकै अफिस आएको छ । साँझसम्म त्यत्तिकै खटेर काम गरेको छ । फिल्डमा पनि त्यत्तिकै खटेको छ ।

    यस्ता कर्मचारीलाई अझ उत्साहित बनाएर काम गर्न सक्यौं भने हरेक काम छिटो छरितो सम्पन्न हुन सक्छ । एउटाले काम गर्दै गर्दा अर्को सुतेको छ । यो प्रवृत्तिले काममा ढिला हुने गर्छ । कर्मचारीको विषयमा बागलुङ नगरपालिकासँग सचिवालयको अभावले गर्दा व्यवस्थापन गर्न अलिकति समस्या भईराखेको छ । किनभने उपप्रमुख अर्को बिल्डिङमा बस्नु हुन्छ, सामाजिक विकास अर्को कार्यालयमा छ, स्वास्थ्य अर्को कार्यालयमा छ, राजस्व अर्को कार्यालयमा छ ।

    यसले गर्दा हामी छरिएर बस्न परेको परिस्थिती छ । यदी एकै ठाउँमा हामी हुन्थ्यौं भने अझ प्रभावकारी रुपमा हामीले काम गर्न सक्थ्यौं । त्यसले गर्दा काम हामीले धेरै सुरुवात गरेका छौं, जग धेरै थपेका छौं भिजन ल्याएका छौं, चिन्तन धेरै गरेका छौं । तर, काम अलि बढि प्रभावकारी हुन सकेको छैन । प्रत्येक वडामा एउटा पूर्वाधार हुनुपर्छ जुन पूर्वाधारले मान्छेलाई एक छाक खान र बस्न बाहिरबाट मान्छेहरु आवोस । चाहे त्यो होमेस्टेको कन्सेप्टमा होस, कृषि क्षेत्रमा होस, चाहे स्वास्थ्य क्षेत्रको नमुना विद्यालय किन नहोस, चाहे डग होस्टेलको कन्सेप्टमा होस, चाहे धार्मिक क्षेत्रमा बिशाल मूर्ति होस केही न केहीबाट एउटा वडा चिनिनु पर्छ भन्ने मेरो मान्यता हो ।

    एउटा वडामा सुन्तला उत्पादन हुन्छ भने त्यसलाई सुन्तला जोनको रुपमा विकास गर्न पर्छ । अहिले हामीले एक वाड एक पूर्वाधारको कन्सेप्टलाई पनि अगाडी बढाएका छौं । हाम्रो वडाअनुसार धेरै फरक छ जस्तै अल्टिच्युड, संस्कार, जातजाति, वातावरण र भेषभुषा यी सबै कुरामा हरेक वडा फरक छन । त्यसले गर्दा त्यो ठाउँको पहिचान गरेर ठाउँ अनुसार खेती गर्न जरुरी छ । पहिचानअनुसारको पूर्वाधार बनाउन जरुरी छ । त्यो बनाउन सक्यौं भने हामीले हरेक नागरिकलाई एक रात एक छाक भन्ने अवधारणा पनि अघि बढाएका छौं ।

    हरेक नागरिकले गाउँमा उत्पादन गरेका वस्तुहरु जबसम्म पैसामा रुपान्तरण गर्न सक्दैन तबसम्म गाउँमा बस्ने अवस्था सिर्जना हुँदैन । पैसामा रुपान्तरण गर्न सक्ने भनेको के हो भने कसैसँग बढी उत्पादन भएर गुन्दु्रक कुटेको किन नहोस त्यो पाचँ रुपैयाँको गुन्दु्रकलाई पाचँ सय पार्न सक्ने किसिमको वातावरण सिर्जना भयो भने बल्ल गाउँमा बसेर मान्छेले काम गर्छ । उसले बाख्रा पालन गरेको छ बाख्रा बिक्री हुँदैन, साग उत्पादन गरेको छ त्यो बिक्री हुदैँन, अण्डा उत्पादन गरेको अण्डा बिक्री हुदैँनभने मान्छे विदेश नगएर कहाँ जान्छ ? अहिले देशको रोग भनेको युवा शक्ति विदेश पलायन नै हो । त्यसले गर्दा यो विषयमा राज्यले पनि गम्भिरता पूर्वक सोच्न जरुरी छ ।

    तपाई निर्वाचित हुँदै गर्दा जे जस्ता प्रतिबद्धता जनता सामु राख्नुभएको थियो ५ वर्षे कार्यकालमा ति सबै पुरा हुन्छन् ?

    अवश्य पनि ५ वर्षभित्र मैले मेरा घोषणा पत्रमा राखेका कुराहरु पुरा गर्छु । मैले कतिपय ठाउँमा घोषणापत्र नै अगाडी राखेर काम गर्नुपरेको स्थिती छ । हामीले गर्न नसकेका कामहरुलाई सुरुवात गरेर जग बसाल्दिने काम गर्छौं । सबै कुराहरु पाँचै वर्षमा कायापलट भएर फड्को मार्छ भन्ने कुरा हैन । हामीले जग बसाल्दिन सक्यौं भने त्यसमा इँट्टा थप्दै भोलिका नेतृत्वले पनि काम गर्न सक्छ ।

    त्यहि भएर हामीले जग नै बसाल्दिन सकेनौं भने कसरी काम गर्न सक्छांै ? सबैभन्दा महत्वपूर्ण विकासका पूर्वाधार र मानविय चेतनादेखि सबै कुरामा हामीले जग बसाल्न जरुरी छ । हामीले हरेक नागरिकलाई यस्तो कन्सेप्टमा जग बसाल्न जरुरी छ जसमा आज थापेको जग भोली यस्तो बन्दैछ है भन्ने होस । त्यहि भएर हामीले सपना देख्न जरुरी छ । कुनै पनि घर वा पूर्वाधार बनाउँदा सबैभन्दा पहिले सपना देख्नु पर्यो । त्यसपछि नक्सामा बनाईन्छ, त्यो नक्सामा बनाएपछि यस्तो बन्दैछ है भनेपछि अनि बल्ल हामीले पूर्वाधारको परिकल्पना गर्छौं । मलाई लाग्छ हाम्रो पालामा नगरपालिकालाई केही परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ

    अहिले हामीले सडक सञ्जालको विषयलाई लिएका छौं । सडक सञ्जाल जबसम्म १४ वटै वडामा पुर्याउन सकिन्न तबसम्म हामी सफल हुदैनौं । जसले गर्दा गाउँमा जति पनि जग्गा जमिन छ त्यो बाझों भईराखेको छ । जग्गा जमिन भएका मान्छेहरु विदेश गईसकेपछि विदेशमा बसेको मान्छेले मेरो रुख नकाट भन्छ त्यो रुखले अर्को छिमेकीदेखि सबै ठाउँमा आसेफ बनाएको छ ।

    जंगल बनेको छ, बाँदरहरुले बास गर्न थालेको छ । त्यसले गर्दा उत्पादनमा कमी भएको छ । त्यसैले जसले जमिन बाँझो राख्छ त्यसलाई हामीले सबैभन्दा बढी कर लगाएको छौं । कि त उसले आफ्नो छिमेकिलाई खेती गर्न दिनुपर्यो । त्यसले गर्दा हामीले रुख काट्ने अभियान प्रभावकारी रुपमा अगाडी बढाएका छौं ।

    अन्त्यमा तपाईले भन्नुपर्ने कुराहरु केही छ ?

    मैले सधैभरी भन्ने गरेको छु बागलुङका जनताले एउटा नगरलाई बनाउन सबैभन्दा महत्वपूर्ण कुरा सकारात्मक सोच्न जरुरी छ । सकारात्मक सोच भनेको सबैभन्दा ठुलो सहयोग हो । जसले गर्दा आज काठमाडौंमा विकासका लहरहरु आएका छन् । त्यो विकासको लहरले जनप्रतिनिधीलाई उत्साहित बनाईदिन्छ ।

    जनताले जुन किसिमले सार्वजनिक मिडियामा जुन काम पनि राम्रो पोजेटिभ तरिकाले सोच्दिराखेका छन त्यही हिसाबले सोच्ने हो भने कुनै पनि जनप्रतिनीधिलाई राती निन्द्रा लाग्दैन थप ऊर्जा आउँछ । जसले गर्दा आम नागरिकले विरोध मात्रै हैन काम के गर्न लागेको छ त्यसलाई सही रुपमा पहिचान गर्न जरुरी छ । त्यसैले त्यसलाई लेख्दा खेरी हजार पटक सोचेर लेख्न जरुरी छ । ताकी मैले लेखेको कुराले मैले चलाएको कलमले अरुलाई असर पर्छ की पर्दैन भनेर त्यो विषयमा गम्भिरतापूर्वक सोच्न जरुरी छ ।

    सबैभन्दा मलाई के लाग्छ भने बागलुङका जनताले नमुनाको रुपमा घर आँगन आफै बढार्नु हुन्छ र घर अघिको पानी आफै छेक्नु हुन्छ । बागलुङका जनताले सबैभन्दा महत्वपूर्ण कुरा एउटा पनि दरबन्दी पाएको छैन आफै नागरिकले सफा गर्नुहुन्छ । अस्ति कोरियन टोली पनि आउनु भयो र बिहान पाँच बजे उठेर हेर्दा खेरी सबैले आफ्नो घर अगाडी आगन बढारी राख्नु भएको छ, पानी छेर्किराख्नुभएको छ, फोहोर लगेर चोकमा जम्मा गर्ने हैन फेरी घरभित्र लगेर राख्नुहुन्छ अनि नगरपालिकाको ट्याक्टरमा राख्दिनु हुन्छ ।

    त्यसैले हामीले पूर्ण रुपमा फोहोरयुक्त नगरपालिका कसरी बनाउन सकिन्छ भन्ने कुरामा कोरियन प्राविधिकसँग सहकार्य गर्दैछौं । बागलुङका जनताले जुन सकारात्मक सोचका साथ सहयोग गर्नुभएको छ र यसलाई निरन्तरता दिनुहुनेछ ।

    तपाईंले गरेको सहयोगमा म निरन्तर रुपमा ऊर्जाशील हुन्छु भन्ने मलाई लाग्छ । विकास सबैले मिलेर गर्ने कुरा हो त्यसैले विकासका कुरामा कहाँ के भईरहेको छ भनेर जनताले चासो राख्न जरुरी छ । यसमा आम बागलुङबासीको क्रियाशिल सहभागिताको मैले अपेक्षा गरेको छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend