logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरुको पदावधि आजदेखि सकिँदै

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरुको पदावधि आजदेखि सकिँदै

    1.1K
    Shares
    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरुको पदावधि आजदेखि सकिँदै

    काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरुको पदावधि आजदेखि सकिँदैछ । आज पदावधि सकिनेमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारी यादव पनि रहेका छन् ।

    सांसद पदबाट हटेसँगै राज्यमन्त्री पद रिक्त हुन लागेको हो । मन्त्री हुनका लागि संघीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि आजैदेखि पदावधि सकिँदैछ ।

    त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदैछ । माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिँदैछ ।

    आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा चुनाव भैसकेको छ । ती सांसदहरूको भोलि शपथग्रहण हुनेछ । बाँकी एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबाट राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नुहुनेछ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।

    ५९ सदस्य रहने राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाँचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसद्को हैसियतमा हुनुहुन्छ । त्यस्तै राष्ट्रपतिबाट एक सिट मनोनीत हुँदा गठबन्धनबीच यो सिट जनमोर्चालाई दिने सहमति छ ।

    यसैबीच राष्ट्रिय सभाको अध्यक्षका लागि प्रमुख दुई दल माओवादी र कांग्रेसबीच रस्साकस्सी छ । उनीहरुले एक–अर्कामाथि दबाब बनाउने रणनीति लिएका छन् । माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
    यसअघि कांग्रेस नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने चर्चा हुँदै आएको थियो । राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ मा गर्ने तयारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend